Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसभामुख नेतृत्वको दस सदस्यीय प्रतिनिधिमण्डल स्वदेश फिर्ता

सभामुख नेतृत्वको दस सदस्यीय प्रतिनिधिमण्डल स्वदेश फिर्ता


काठमाडौँ । यही चैत १० देखि १४ गतेसम्म अन्तर–व्यवस्थापिका सङ्घ (आइपियू) को एक सय ४८ औँ महासभामा सहभागी भई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको दस सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार स्वीट्जरल्याण्डबाट स्वदेश फिर्ता भएका छन् ।

सङ्घको प्रधान कार्यालय जेनेभामा सञ्चालन भएको महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल यही चैत ८ गते त्यसतर्फ प्रस्थान गरेको थियो । महासभामा सभमुख घिमिरेले ‘संसदीय कूटनीति : शान्ति र समझदारीको लागि सेतु निर्माण’ विषयमा सङ्घीय संसद्का तर्फबाट सम्बोधन गरेका थिए ।

महासभामा सभामुख घिमिरेसहित सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई, राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासे, सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई, नेपाली कांग्रेसका रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महेशकुमार बर्तौला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार सहभागी भएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया