Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी शाक्यलाई

धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी शाक्यलाई


काठमाडौं । अध्यक्षविहीन बनेको नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले पाएका छन् । धितोपत्र ऐन २०६३ को संशोधन गरी दफा ७ मा अध्यक्ष पद रिक्त रहेको अवस्थामा मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था गरिएपछि शाक्य तत्कालका लागि अध्यक्ष बनेका हुन् ।

नयाँ व्यवस्थासहितको ऐन राजपत्रमा प्रकाशित भइसकेको छ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग’ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८०’ गत चैत ३० मा राजपत्रमा प्रकाशित भएको हो । सो ऐनमार्फत एकैपटक २० वटा ऐन संशोधन भएका छन् । जसमा धितोपत्र बोर्डसम्बन्धी ऐन, २०६३ पनि संशोधन भएको छ । सोही ऐनको दफा ७ मा उपदफा ८ थपेर अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको भूमिका निर्वाह गर्ने व्यवस्था गरिएकोे छ । ‘अध्यक्षको पद रिक्त भएमा, उपदफा ७ बमोजिम नेपाल सरकारले निजलाई पदबाट हटाएमा वा निज निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भएमा बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने छ,’ ऐनमा उल्लेख छ ।

यसअघि सरकारले बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीलाई निमित्त अध्यक्षको जिम्मा दिएको थियो । तर अहिले शाक्यले तत्कालका लागि अध्यक्ष पद सम्हालेका छन् । रमेशकुमार हमालले गत पुसमा कार्यकाल सकेर बाहिरिएपछि बोर्ड अध्यक्षविहीन छ । अध्यक्ष पद नियुक्तिका लागि बोर्डले खुलाएको आवेदनमा परेका आवेदनमध्ये पाँच जना सर्टलिस्टमा परेका छन् । उनीहरूले कार्यपत्र प्रस्तुत गरेपछि एक जना अध्यक्ष नियुक्त हुनेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया