Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदित

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदित


काठमाडौं । संसदीय सुनुवाई समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए ।

प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

समितिको बैठकमा सांसदहरूले बढ्दै गएको बेरुजु न्यूनीकरण गर्ने योजना के छ भनेर प्रश्न गरेका थिए । महालेखापरीक्षक रायाले बेरुजु प्रक्रिया भएको र पछिल्लो समय सम्परीक्षण नभएर बढी देखिएको बताएका थिए । उनले बेरुजु बढ्दा सुशासनलाई गिज्याइरहेको बताए । महालेखापरीक्षक रायाले आफ्नो प्रमुख प्राथमिकता बेरुजु न्यूनीकरण गर्नमा हुने प्रतिबद्धता जनाए । त्यसका लागि तीन तहबाटै लेखापरीक्षण गर्ने संयन्त्र आवश्यक पर्ने र सबै सरोकारवाला निकायको सहयोग चाहिने बताए ।

रायाले प्रस्तुत गरेको कार्ययोजनामा स्वतन्त्रता र संस्थागत सुदृढीकरण परिवर्तित संघीय शासन प्रणालीअनुरूप महालेखापरीक्षकको कार्यालयको संगठन पुनर्संरचना गरिने उल्लेख छ ।

यस्तै, सार्वजनिक लेखापरीक्षणलाई गुणस्तरीय, जवाफदेही र विश्वसनीय बनाउन नैतिक सङ्गठनका पूर्वाधारहरू तयार गरिने, लेखा परीक्षणका लागि विद्यमान रणनीतिक योजनाको कार्यान्वयन, भावी रणनीतिक योजनाको तयारी, निर्माण र कार्यान्वयन गरिने, वित्तीय अनुशासन पालना गर्न, गराउन सरोकारवाला सबै पक्षसँग अन्तक्र्रिया, समन्वय, सहकार्य र सम्बन्ध विस्तार गरिने कार्ययोजना प्रस्तुत गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया