Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमण प्रयास

क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमण प्रयास


काठमाडौं, आर्थिक दैनिक प्रालिका अध्यक्ष एवं संस्थापक सम्पादक प्रह्लाद रिजालमाथि सांघातिक आक्रमणको असफल प्रयास भएको छ । मंगलबार बिहान सवा नौ बजेतिर स्थानीय टोले बाहुबली विजय मालीले पत्रकार रिजाललाई बाटो छेकेर धम्क्याएका हुन् । क्षत्रपाटी चोकबाट ढल्कोतिर जाँदै गरेका बाहुबली मालीले विपरीत दिशातर्फ जाँदै गरेका रिजाललाई फर्किएर आएर बाटो छेकेर धम्क्याएका हुन् ।

ओई, तँलाई मैले कस्तो अवस्थामा भेटेको याद छ नि, त्यही …को छोराको पछिपछि लुते कुकुरजस्तो पछि लागेको छस् तँलाई के गर्नुपर्छ भन्ने मलाई थाहा छ, राम्रोसँग चिन म को हुँ भनेर भन्दै टोलेगुण्डा विजय मालीले बाटो छेकेर धम्क्याएका हुन् ।

उक्त घटनाको तत्कालै नेपाल प्रहरी र वडा कार्यालयलाई जानकारी गराइएको छ । पर्दापछाडिबाट टोलेगुण्डा मालीलाई उक्साउने केही व्यक्तिसँग टोलेगुण्डा मालीको हिजै मध्यान्नपछि लामो मिटिङ भएको थाहा भएको छ ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया