Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमजदुर वर्गको आर्थिक तथा सामाजिक समस्या समाधान गर्नुपर्छ: झलनाथ खनाल

मजदुर वर्गको आर्थिक तथा सामाजिक समस्या समाधान गर्नुपर्छ: झलनाथ खनाल


काठमाडौँ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको हक, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी रहेको बताए ।

उनले नेपालको राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेपनि मजदुर वर्गको आर्थिक तथा सामाजिक जीवनसँग जोडिएका समस्या समाधान हुन नसकेकाले समाजवादका माध्यमबाट औद्योगिक विकास गरी ति समस्या समाधान गर्नुपर्नेमा जोड दिए । मुलुकको सामाजिक–आर्थिक रूपान्तरणका लागि श्रमिक वर्गले विगतका गरेका सङ्घर्ष तथा पुर्याएका योगदानको सम्मान गर्न सकेमा मात्रै श्रमिक दिवसको महत्वलाई स्थापित गर्न सकिने पनि उनको भनाई छ ।

नेता खनालले श्रमिकको हक, अधिकार र पेसागत सुरक्षाका लागि ट्रेड युनियन सङ्गठनलाई आवश्यक समन्वय र सहकार्य गर्न आग्रह गरेका छन् । “नेपाली श्रमबजारमा रोजगारीको अवसर सिर्जना हुन नसकेकाले प्रत्येक दिन करिब दुई हजार नेपाली मजदुरीका लागि विदेशिन बाध्य रहेका छन् । त्यसैले समाजवादका माध्यमबाट औद्योगिक विकास गरी उहाँहरूको आयआर्जनको सुरक्षा, उचित ज्याला एवम् पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित सामाजिक वातावरण सिर्जनामा जोड दिनुपर्ने आवश्यकता छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया