Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारश्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल

श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल


काठमाडौँ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार विज्ञप्ति जारी गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले श्रम क्षेत्रका विभेद् हटाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । उनले अन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको हक, हित र अधिकार स्थापित गर्न थप प्रेरणा दिने विश्वास व्यक्त गरे ।

अध्यक्ष नेपालले श्रमजीवी वर्गको हक, हित तथा अधिकार सुनिश्चित नभएसम्म मुलुकको विकास र रूपान्तरण हुन नसक्ने बताए । संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्ने उल्लेख गरे । उनले मजदुर वर्गको अधिकारका लागि एकतावद्ध सङ्घर्षमार्फत् विजय हासिल गरेको गौरवपूर्ण दिनको रूपमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसमा श्रमजीवीलाई शुभकामना दिएका छन् ।

श्रमिक वर्गको सहभागितासहित सबै प्रकारका विभेद्को अन्त्य गर्नुपर्नेमा जोड दिंदै अध्यक्ष नेपालले श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न सरकारसँग आग्रह गरे । समाजको क्रान्तिकारी रूपान्तरणका लागि सबै प्रकारका विभेद्, शोषण, दमन र अन्यायसँग जुधेर श्रमजीवी वर्गको हितको रक्षा गर्नुपर्ने उनको भनाइ छ ।

लोकतन्त्रका मूल्य मान्यता स्थापित गर्न आफ्नो पार्टी निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन जरुरी रहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया