Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभावी सेनापति सिग्देलको दोहोरो नागरिकता छानबिन गर्न माग गर्दै गृहमा उजुरी

भावी सेनापति सिग्देलको दोहोरो नागरिकता छानबिन गर्न माग गर्दै गृहमा उजुरी


काठमाडौं । नेपाली सेनाका भावी प्रधानसेनापति अशोकराज सिग्देलको दुईखाले जन्ममितिको बारेमा छानबिन गर्न माग गर्दै आफैँ दोहोरो नागरिकता काण्डको विवादमा परेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष दुईवटा उजुरी परेको छ ।

एउटा उजुरी अमेरिकामा बस्ने नेपालीको तर्फबाट गत चैत १६ गते परेको र अर्को उजुरी वैशाख ९ गते दर्ता भएको छ । उक्त उजुरी परेको थाहा पाएपछि सिग्देल पक्षीय अवकाशप्राप्त जर्नेल सरोजप्रताप राणाले त्यसलाई निस्तेज पार्ने उपाय खोज्न वैशाख १६ गते आफ्नै निवास छाउनीमा पूर्वसेनापति राजेन्द्र क्षेत्री, अवकाशप्राप्त जर्नेलहरू सीताराम खड्का, सुरेश कार्कीलगायतको डिनर मिटिङ भएको समाचार प्राप्त भएको छ ।

अमेरिकाबाट गृह मन्त्रालयमा परेको उजुरीमा संवैधानिक हकविपरीत संविधानको धारा १,२,३,५,१६,१७,१८, ५१ (क) ५, २४३(३) र २६७ विपरीत कार्य भएकोले धारा १३३ (२), (३) बमोजिम कारबाही गर्न माग गरिएको छ । उजुरीमा किर्ते गरेकोले संविधानको धारा ४६ र १३३ (२), (३) बमोजिम कारबाही गर्न माग गरिएको छ । साथै शिक्षा नियमावली २०१७ को दफा ६ ले महिनाभित्र नाम, थर, वतन सच्याउनुपर्नेमा परिवर्तित ऐनले पाँच वर्षभित्र सच्च्याउन पाइने व्यवस्था गरेको छ । तर, सिग्देलको जन्ममिति ती दुवै सीमाअवधिबाहिर गैरकानुनी रूपमा सच्चाइएको छ ।

वैशाख ९ गते गृह मन्त्रालयमा दर्ता भएको उजुरीमा विवादित रथी अशोकराज सिग्देल आगामी भदौ २४ देखि सेनापति हुने लाइनमा रहेको र यसो भएमा नेपाली सेनाको इतिहासमा पटक–पटक विभिन्न ठाउँमा विभिन्न जन्ममिति सच्चाइएको व्यक्ति सेनापतिजस्तो गौरवमय एवं संवेदनशील पदमा पुग्नेछ भनिएको छ ।

सेनापति प्रभूराम शर्माले संसद्को राज्य व्यवस्था समितिमा दिएको सिग्देल प्रष्टीकरणसहितको १४ बुँदे उजुरीको पहिलो बुँदामा २०४० सालमा रुपन्देही जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकता प्रमाणपत्रको रजिस्टरमा आजसम्म पनि जन्ममिति २०२१/१२/१९ गते नै रहेको छ । भलै यसलाई जालसाजी गरी हाल उमेर केरमेट गरी गैरकानुनी ढंगले सच्चाइएको छ, ढड्डा मगाएर छानबिन गरियोस् भनिएको छ ।

सेनाभित्रै पनि उनको जन्ममिति फरक–फरक रहेको उल्लेख गरिएको छ । सिग्देलले विद्यालय, विश्वविद्यालयमा समेत जन्ममिति केरमेट गरी फेरबदल गरेका छन् । जसले विवादित जन्ममितिलाई थप प्रमाणित गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया