Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी

निर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी

चैतसम्म ३० अर्ब १५ करोड बीमाशुल्क आर्जन


काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३० अर्ब १५ करोड ३० लाख २३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीले २२ लाख ६२ हजार तीन सय २६ वटा बीमालेख जारी गरी सो बीमाशुल्क संकलन गरेका हुन् ।

बीमा कम्पनीहरूले आर्जन गरेको कुल बीमाशुल्क एक वर्षअघिको तुलनामा शून्य दशमलव ४६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको चैत मसान्तमा निर्जीवन बीमा कम्पनीहरूले २१ लाख ६६ हजार तीन सय २८ वटा बीमालेख जारी गरी ३० अर्ब एक करोड ४४ लाख ५० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

गत चैत मसान्तसम्म नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख ५५ हजार आठ सय ३६ वटा बीमालेख जारी गरी एक अर्ब १४ करोड ५४ लाख ६९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । दि ओरियन्टल इन्स्योरेन्सले ३१ हजार छ सय सातवटा बीमालेख जारी गरी एक अर्ब ५१ करोड ८३ लाख पाँच हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले एक लाख ३७ हजार दुई सय ५० वटा बीमालेख जारी गरी एक अर्ब ३० करोड ६४ लाख ६२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेसनल इन्स्योरेन्स कम्पनीले २६ हजार एक सय ६७ वटा बीमालेख जारी गरी ८७ करोड ४१ लाख आठ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले दुई लाख ३० हजार चार सय ११ वटा बीमालेख जारी गरी दुई अर्ब ३९ करोड ३९ लाख ८५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

प्रभु इन्स्योरेन्स कम्पनीले यस आर्थिक वर्षको नौ महिना (साउनदेखि चैत)सम्म ९३ हजार छ सय ४९ वटा बीमालेख जारी गरी एक अर्ब ३२ करोड ६८ लाख ४१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले पनि दुई लाख ४१ हजार पाँच सय ४८ वटा बीमालेख जारी गरी चार अर्ब २२ करोड ५५ लाख ५६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले एक लाख ४८ हजार तीन सय आठवटा बीमालेख जारी गरी एक अर्ब ८३ करोड ३६ लाख १० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक लाख ९२ हजार सात सय ७० वटा बीमालेख जारी गरी दुई अर्ब ५४ करोड ८९ लाख ७३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले पनि चालू आर्थिक वर्षको चैत मसान्तसम्म एक लाख १६ हजार नौ सय तीनवटा बीमालेख जारी गरी एक अर्ब ७८ करोड २१ लाख ९४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले दुई लाख ३२ हजार पाँच सय ७६ वटा बीमालेख जारी गरी दुई अर्ब ८९ करोड चार लाख ५७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले दुई लाख २३ हजार छ सय ६७ वटा बीमालेख जारी गरी तीन अर्ब ५३ करोड ३० लाख ३३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एक लाख ८३ हजार नौ सय ८९ वटा बीमालेख जारी दुई अर्ब ६४ करोड दुई लाख ९८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले यस अवधिमा एक लाख ५८ हजार आठ सय ३७ वटा बीमालेख जारी गरी एक अर्ब ९७ करो ८३ लाख ९५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

लघुबीमातर्फ चालू आर्थिक वर्षको नौ महिनामा ६८ हजार साात सय ७९ वटा बीमालेख जारी भएकोमा १५ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ । नेपाल माइक्रोइन्स्योरेन्सले ३३ हजार सात सय चारवटा बीमालेख जारी गरी छ करोड ६२ लाख ५० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्सले १५ हजार छ सय २३ वटा बीमालेख जारी गरी चार करोड आठ लाख ३४ रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी स्टार माइक्रोइन्स्योरेन्स कम्पनीले १६ हजार छ सय ८६ वटा बीमालेख जारी गरी तीन करोड २८ लाख ९९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । ट्रस्ट माइक्रोइन्स्योरेन्स कम्पनीले दुई हजार सात सय ६६ वटा बीमालेख जारी गरी ६३ लाख ५४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया