Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारश्रमिक दिवसमा श्रमिक महिला रक्षा संघको र्याली

श्रमिक दिवसमा श्रमिक महिला रक्षा संघको र्याली


काठमाडौं । १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा राजधानीमा बुधबार श्रमिक महिला रक्षा संघले र्याली निकालेको छ । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरूको हकहितका लागि विभिन्न नाराका साथ उनीहरूले र्याली निकालेका हुन् । ठमेल सञ्चय कोष अघिबाट सुरु भएको र्याली दरबारमार्ग, रत्नपार्क, सहिदगेट, सुन्धारा हुँदै पुनः शान्तिबाटिका पुगेको हो । यस वर्ष दिवसको नारा ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ तय गरिएको छ । यो दिवस हरेक वर्ष मे १ तारिकका दिन विश्वभर मनाउने गरिन्छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा श्रमिक दिवस मनाउन थालिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया