Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकै दिन १२ हजार बढीको परीक्षण, काठमाडौंमा थपिए एक सय ७२ जना कोरोना संक्रमित

एकै दिन १२ हजार बढीको परीक्षण, काठमाडौंमा थपिए एक सय ७२ जना कोरोना संक्रमित


काठमाडौं, भदौ १
काठमाडौं उपत्यकामा एकै दिन एक सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । उक्त तथ्यांकले काठमाडौं उपत्यकामा कोरोना तीव्र रुपमा फैलिँदै गएको देखिएको छ । काठमाडौंमा अब कोरोनाका रोगीहरुलाई अस्पतालमा बेडको अभाव हुने भएको छ । कोरोना संक्रमितहरु घरमा बस्दा स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा नगर्ने भएकाले उपत्यकामा संक्रमण फैलिने त्रास पनि बढेको छ ।

अहिले होम आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या चार सय ९७ रहेको छ । आइसोलेसनमा रहेका सङ्क्रमितको सङ्ख्या आठ हजार सात सय २४ रहेको छ । वाग्मती प्रदेशका छ जना सङ्क्रमितलाई भेन्टिलेटरमा राखिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक सय ७२ सहित थप छ सय ४१ जनामा कोभिड—१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार दुई सय ४७ हजार जनामा गरेको पीसीआर परीक्षणबाट छ सय ४१ जना नयाँ सङ्क्रमित देखिएका हुन् ।

हालसम्म पाँच लाख १७ हजार नौ सय सात जनाको पीसीआर परीक्षण भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त संख्यासँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार दुई सय २१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आइतबार उपत्यकामा देखिएका थप एक सय ७२ कोरोनाका सङ्क्रमितमध्ये काठमाडौँका एक सय २६, ललितपुरका ३८ र भक्तपुरका आठ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा एक सय ३४ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १७ हजार तीन सय ३५ पुगेको छ ।यस्तै, कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । पर्सामा एक पुरुष र मोरङमा एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा डा गौतमले जानकारी दिए । अहिले विश्व नै कोभिड–१९ महामारीको चपेटामा परेको छ ।

नेपालमा पनि महामारीको नराम्ररी असर परेको छ । पछिल्लो विवरणअनुसार विश्वमा दुई करोड १६ लाख १८ हजार दुई सय ८९ कोरोनाका सङ्क्रमित देखिएका छन् । कोरोनाका कारण हालसम्म सात लाख ६९ हजार नौ जनाको मृत्यु भइसकेको छ । कोरोनाको उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या एक करोड ४३ लाख ३४ हजार तीन सय ३२ रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x