Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघुससहित पक्राउ परेका ओलीविरुद्ध मुद्दा

घुससहित पक्राउ परेका ओलीविरुद्ध मुद्दा


बाँके, भदौ १
घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अधिकृत हुकुम बहादुर ओली बिरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अख्तियारले दिएको जानकारी अनुसार, घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुम बहादुर ओलीले ठेक्का पट्टाको अनुमतिपत्र बनाईदिने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएका थिए । उनी घुस माँग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले ओलीलाई सेवाग्राहीबाट ९६ हजार ३ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निजलाई बिगो रु.९६ हजार ३ सय रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

अनुसन्धानको सिलसिलामा घरेलु तथा साना उद्योग कार्यालय, नेपालगन्ज, बाँकेका उद्योग अधिकृत हुकुम बहादुर ओलीले सेवाग्राहीले पेश गरेका कागजातहरू पुरा भएका छैनन्, बाँकी रहेका कागजातहरू पेश नगरे काम नहुने डरत्रास देखाई बाँकी रहेका मेशिन र उपकरण किनेका कागजातहरू समेत ओली आफैले बनाईदिने आशा देखाई उद्योग दर्ताको प्रमाणपत्र उपलब्ध गराउने बहानामा घुस लिई भ्रष्टाचार गरेको पुष्टि हुन आएको अख्तियारको दाबी छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x