Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुधकुण्डसहितका पोखरी तत्काल फुट्ने सम्भावना कम, चोकर्मा ताल फुटेको दश दिनमा पुष्टि

दुधकुण्डसहितका पोखरी तत्काल फुट्ने सम्भावना कम, चोकर्मा ताल फुटेको दश दिनमा पुष्टि


महेन्द्र शाही
सोलुखुम्बु, भदौ १
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नुम्बुर हिमालको काखमा रहेको दुधकुण्डसहित अन्य पोखरी तत्काल फुट्ने सम्भावना नरहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । साउन २३ गते बिहान दुधकुण्ड पोखरी मुहान भई बग्ने सोलु खोलामा पानीको बहाब बढ्नुको आधिकारिक कारण खोज्न त्यस क्षेत्र पुगेको प्रहरी टोलीको स्थलगत अध्ययनपछि उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । एउटा ताल फुटेको भए पनि खतरा भने नरहेको प्रहरीको भनाइ छ । ताल फुटेको भन्ने विषयमा त्यस क्षेत्रका चौरी गोठालाहरूले बताए पनि प्रशासनले भने १० दिनपछि मात्र यसको पुष्टि गरेको हो । टोली जान समय लाग्ने भएकाले आधिकारिकरूपमा पुष्टि हुन समय लागेको प्रहरीको भनाइ छ ।

साबिककै अवस्थामा रहेको दुधकुण्ड ताल फुटेको भन्ने कुरा भ्रमपूर्ण रहेको भए पनि सोही तालको २० उत्तरतर्फ रहेको चोकर्मा पोखरी फुट्दा खोलामा पानीको बहाब बढेको प्रहरीले पुष्टि गरेको छ । निरन्तरको वर्षातले पोखरीमा पानीको बहाब बढेको र पश्चिमतर्फ कमजोर रहेको ४ मिटर भाग कटान गरी फुटेको प्रहरी निरिक्षक मन्दिप चौहानले जानकारी दिए ।

पोखरी फुटे पनि थप जोखिम भने नरहेको प्रहरीको भनाइ छ । साउन २२ गते रातिका अविरल वर्षाले पानीको बहाब बढेपछि ठूलो आवाजसहित पोखरी फुटेको त्यस क्षेत्रमा रहेका लाक्पा लामाले जानकारी दिए । साउन २३ गते बिहान सोलुु खोला नदिमा पानीको बहाब उच्च भएर बस्ती क्षेत्रमा पसेपछि जोखिम बढेको भन्दै तत्काल स्थलगत अध्ययन गर्न माग गरेका थिए । प्रदेश सांसद तथा नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीसहितको टोलीले हेलिकोप्टरबाट स्थलगत अध्ययनमा जाने योजना बनाएको भए पनि मौसम प्रतिकूल हुँदा सफल भएको थिएन । मौसम प्रतिकूलतापछि साउन २८ गते सल्लेरीबाट प्रहरी टोली दुधकुण्ड क्षेत्र प्रस्थान गरेको थियो ।

सदरमुकाम सल्लेरीदेखि ६० कोष उत्तरतर्फ ४५ सय मिटर उचाइमा दुधकुण्ड पोखरी पर्छ भने समुद्र सतहदेखि पाँच हजार छ सय ५० मिटरको उचाइमा चोकर्मा पोखरी पर्छ । उक्त पोखरी फुटेर पानी बग्दा २ वटा चौरी गोठ ३ वटा काठे साँगु बगाएको भए पनि उक्त क्षतिको बारेमा भने प्रहरीले केही पनि खुलाएको छैन । चोकर्मा पोखरीभन्दा माथि कुनै पनि पोखरी नरहेको प्रहरीले जनाएको छ । लामो समयसम्म प्रशासनले यस विषयमा पुष्टि नगर्दा स्थानीयमा त्रास उत्पन्न भएको थियो । प्रहरी टोलीले खतरा नभएको अनुमान मात्र गरेकाले यस विषयमा विज्ञ टोलीले नै अध्ययन गर्नुपर्ने देखिन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x