Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबहुविवाह गरेका सुवेदी समाजकल्याण परिषद्को कोषाध्यक्षमा नियुक्त

बहुविवाह गरेका सुवेदी समाजकल्याण परिषद्को कोषाध्यक्षमा नियुक्त


काठमाडौं,भदौ ५
महिला बालबालिका तथा समाज कल्याण परिषद्को कोषाध्यक्षमा बहुविवाह गरेका लोकनाथ सुवेदी नियुक्त भएका छन् । महालेखाका पूर्वकर्मचारी समेत रहेका कोषाध्यक्ष सुवेदीले केही समयअघि दोस्रो विवाह गरेका हुन् । आर्थिक अवस्था कमजोर भएको पारिवारिक पृष्ठभूमिबाट आएका इलाम आमचोकका सुवेदीको  विद्यालयमा अध्ययनको क्रममा पहिलो विवाह भएको थियो । विद्यालयको अध्ययन सकेपछि उनी जागिरको सिलसिलामा इलाम जिल्ला अस्पतालमा टिकट काट्ने काम गर्थे ।

सोही क्रममा उनले दोस्रो विवाह इलामकै धनी परिवारकी अम्बिका खड्कासँग गरे । आफू अविवाहित भएको भनी विवाह गरेकोले दोस्री श्रीमतीलाई घर लैजान सकेनन् । इलाम सदरमुकाममा नै डेरा गरी राखे । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले कोषाध्यक्षले अकूत सम्पत्ति कमाउने र बहुविवाह गर्दै आएको आरोपको विषयमा खोजी जारी रहेको बताएको छ ।

त्यसैगरी उनलाई अकूत सम्पत्ति कमाएको समेत अरोप लागेको छ । उनले विसं २०४१÷०४२ मा सहलेखापालमा नाम निकालेपछिको जागिरे जीवनमा अकूत सम्पत्ति कमाएको आरोप छ । सुवेदीले सहलेखापालको समयमा कमाएको अकूत सम्पत्तिले इलाममै दुई वर्षभित्रै इलामस्थित जिरोकिलो भन्ने स्थानमा तीनतले घर बनाएका थिए ।

त्यसैगरी आफ्नो नराम्रो गतिविधि थाहा नहोस् भनी उनले ०५५ सालतिर जेठी श्रीमती, बाबुआमासमेतलाई इलामको सेरा भन्ने ठाउँमा १५ रोपनी क्षेत्रफलमा घर निर्माण गरी राखेको खुलेको छ । सरकारी जागिरे भएको छोटो अवधिमा नै सुवेदीले काठमाडौंको अनामनगरमा, भक्तपुरको गठ्ठाघरमा घर जग्गा जोडेका थिए । उनले कमाएको अकूत सम्पत्तिकै कारण उपत्यकामा घर बनाउन सकेका हुन् । हाल भने सुवेदी कान्छी श्रीमतीसँगै भक्तपुरको गठ्ठाघरमा बस्दै आएका छन् ।

उनीनिकट स्रोतका अनुसार काठमाडौं उपत्यकामा दश रोपनीभन्दा बढी जमीन किनेका सुवेदीको तत्कालीन एमालेका नेता सुवासचन्द्र नेम्वाङसँग राम्रो सम्बन्ध भएको फाइदा उठाउँदै समाज कल्याण परिषद्को कोषाध्यक्ष बन्न सफल भएका हुन् । यता नेम्वाङ पनि दुई पत्नीका श्रीमान् हुन् ।

चुनावमा पार्टीका नेतालाई करोडमा सहयोग गर्ने हैसियत राख्ने सुवेदीको रवाफ देखेर जिल्लाका नेकपा नेताहरू अचम्म छन् । देशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साँच्चिकै अनुसन्धान गरेको भए जेलमा हुनुपर्ने मान्छे मन्त्रालयले जिम्मेवारी दिएर पुरस्कृत गरेको देख्दा केपी ओली सरकारले आर्थिक लाभ लिएर नै नियुक्ति गरेको होइन भन्नसक्ने अवस्था नरहेको जानकारहरु बताउँछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x