Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा २४ प्रतिशतले कोरोना संक्रमण वृद्धि

नेपालमा २४ प्रतिशतले कोरोना संक्रमण वृद्धि


काठमाडौं, भदौ १७
नेपालमा औसत २२ देखि २४ प्रतिशतले कोरोना सङ्क्रमण बढिरहेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकारसम्मेलनमा जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् । डा. तिवारीका अनुसार महिलामा आठ प्रतिशत, वृद्धामा एक प्रतिशतबाट चार प्रतिशत पुगेको छ भने परीक्षण गरिएकामध्ये आठदेखि नौ प्रतिशतमा सङ्क्रमित बढिरहेको छ ।

कोरोना संक्रमण तीव्र भएको कारण पाँच सयभन्दा बढी कोभिड १९ सङ्क्रमण भएका जिल्लालाई नियन्त्रण गर्न पनि उनले सुझाव दिएका छन् । ती १२ जिल्लालाई नियन्त्रण गर्नसके अन्य जिल्लामा कोरोना फैलिन नसक्ने दाबी गरिएको छ । १२ जिल्लामा सङ्क्रमण समुदायस्तरमा नै पुगेकाले हटस्पट बनेको भन्दै नियन्त्रण गर्न ती जिल्लामा विशेष कदम चाल्नुपर्ने बताएका हुन् ।

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा पाँच सयभन्दा बढी सङक्रमित छन । ‘ती १२ जिल्ला सङ्क्रमणको हटस्पट भएको छ, त्यहाँ सङ्ंक्रमण समुदायस्तरमा पुगेको हामीले आँकलन गरेका छौँ’, पत्रकार सम्मेलनमा उनले भने ।

यस्तै, कोरोनाको कारण मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । कोरोनाको कारण मंगलबार एकै दिन ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विगत २४ घण्टामा महोत्तरीका एक चार वर्षीया बालिकासहित ११ जनाको निधन भएको हो ।

बाहिलासहित महोत्तरीकै ३७ वर्षीय, सिरहाका ६५ वर्षीय, पर्साका तीन जना ५३, ६० र ८० वर्षीय, बारा ६० वर्षीय, चितवनको ५२, काठमाडौँको ७० र ३५ वर्षीय र मकवानपुरको ५८ वर्षीय पुरुष छन् । हालसम्म सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या दुई सय ३९ जना पुगेको छ । नेपालमा कोभिड–१९ को कारणले मृत्यु हुने शून्य दशमलव ५९ प्रतिशत हो । सङ्क्रमणको दर बढ्दै गइरहेका र आईसीयू तथा भेन्टिलेटरमा बस्नेको संख्या बढेको कारण सचेत रहन स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

सङ्क्रमित देखिएकामध्ये एक सय २७ जना सघन उपचार कक्ष र १७ जना भेन्टिलेटरमा उपचाररत छन् । सघन उपचार कक्षमा प्रदेश नंं १ मा चार, प्रदेश नंं २ मा २९, वाग्मती प्रदेशमा ७५, गण्डकी प्रदेशमा ६ र प्रदेश नंं ५ मा १३ जना उपचाररत रहेका छन् भने भेन्टिलेटरमा वाग्मती प्रदेशमा १४ र प्रदेश नंं ५ मा तीन जना छन् । संस्थागत आइसोलेसनमा १० हजार आठ सय ३२ जना र होम आइसोलेसनमा सात हजार दुई सय ८० जना छन् । यस्तै सक्रिय सङ्क्रमित १८ हजार एक सय १२ जना र क्वारेन्टाइनमा सात हजार तीन सय ९० जना छन् ।

यस्तै, कोभिड–१९ को सङ्क्रमण विगत २४ घण्टामा एक हजार ६९ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा तीन सय ४४ महिला र सात सय २५ जना पुरुषमा सङ्क्रमण देखिएको हो । चौबीस घण्टामा पीसीआर परीक्षण १२ हजार ८८ जनामा भएको थियो । अहिलेसम्म नेपालमा ४० हजार पाँच सय २९ जना कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।

विगत २४ घण्टामा सात सय ६८ निको भएर घर फर्किएका छन् । अहिलेसम्म २२ हजार एक सय ७८ जना सङ्क्रमण निको भएर घर फर्किएका छन् । अहिलेसम्म ५५ प्रतिशत निको भएका छन् । अहिलेसम्म १२ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित रहेका छन् । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौं, ललितपुर र रुपन्देहीमा पाँच सयभन्दा बढी संक्रमित छन् । सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु सङ्क्रमणमुक्त भएका छन् । यस्तै, कोभिड–१९ को सङ्क्रमण उपत्यकामा चार सय ८१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा तीन सय ९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जनामा सङ्क्रमण देखिएका छन् ।

प्रदेश नंं १ को उदयपुर एक, ओखलढुङ्गा दुई, खोटाङमा दुई, झापा १४, पाँचथरमा एक, मोरङ १२ र सुनसरीमा ५६ रहेका छन् । यस्तै प्रदेश नंं २ का धनुषा एक, पर्सा दुई, बारा ११, महोत्तरीमा दुई, रौतहट पाँच, सप्तरी एक र सर्लाही १९ जना रहेका छन् । यस्तै वाग्मती प्रदेशको काभ्रेमा आठ जना, चितवनमा ४५, दोलखामा ११, धादिङमा ११, नुवाकोट दुई, मकवानपुर छ, रसुवा एक, रामछाप दुई, सिन्धुपाल्चोकमा एक र सिन्धुली छ रहेका छन् । गण्डकी प्रदेशमा कास्की चार, गोरखा आठ, तनहुँ पाँच, नवलपरासीपूर्व १५, पर्वत एक र लमजुङमा ३२ रहेका छन् ।

यस्तै प्रदेश नं ५ मा अर्धाखाँची नौ, कपिलवस्तु सात, गुल्मी १३, दाङ १३, नवलपरासी (पश्चिम) चार, पाल्पा एक, प्यूठान एक, बर्दियामा सात, बाँकेमा ३३, रुकुमपूर्व एक र रुपन्हेदीमा ९१ रहेका छन् । कर्णाली प्रदेशमा जुम्ला दुई, दैलेख दुई, सल्यान एक र सुर्खेतमा एक जना रहेका छन् । सुदूरपश्चिम प्रदेशमा अछाम १३, कञ्चनपुर चार, कैलाली २० डडेल्धुरामा दुई जना, डोटीमा २४, बझाङ ४० र बैतडी १२ जना रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x