Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअनमोल फ्यासिलिटी क्लिनर्सद्वारा आर्थिक दैनिकको कार्यालयमा डिसइन्फेक्सन

अनमोल फ्यासिलिटी क्लिनर्सद्वारा आर्थिक दैनिकको कार्यालयमा डिसइन्फेक्सन


काठमाडौं ।
अनमोल फ्यासिलिटी क्लिनर्स प्रालिले आर्थिक दैनिकको कुुपण्डोलस्ति कार्यालयमा डिसइन्फेक्सन गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको लागि भन्दै आर्थिक दैनिकको कुपण्डोलस्थित कार्यालयमा डिसइन्फेक्सन गरिदिएको हो ।

कम्पनीले हालसम्म एक सयभन्दा बढी सरकारी तथा निजी कार्यालयहरूमा कोरोना भाइरसबाट बच्नको लागि कीटनाशक औषधि छर्केका क्लिर्नसका अध्यक्ष जितेन्द्र देउलाले जानकारी दिए । देउलाका अनुसार सरकारले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको लागि चैत ११ गतेदेखि लकडाउन गरेपश्चात् कम्पनीले चैत १६ गतेदेखि कार्यालयहरूमा कीटनाशक औषधि छर्कने अभियान नै सुरु गरेको हो ।

विगत १३ वर्षदेखि विभिन्न संस्थाहरूका सरफाइ गर्दै आएको कम्पनीले कीटनाशक औषधि छर्कने कार्यक्रम सञ्चालन गरेको हो । ‘कोरोना महामारीको जोखिम बढ्दै गएको अवस्थामा कम्पनीले सबै नागरिकको स्वास्थ सुरक्षालाई ध्यानमा राखेर विभिन्न सरकारी तथा निजी कार्यालय, सार्वजनिक स्थान, सार्वजनिक यातायातका साधन आदिमा गएर किटाणुुनाशक औषधि छर्कने काम गरेका हौं’, कम्पनीका अध्यक्ष देउलाले भने । ‘देशभरका पाँचवटा एयरपोर्टको समेत सरसफाइ गर्दै आएको कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नै पशुुपति, गुह्येश्वरीलगायतका मठमन्दिरहरूको समेत सरसफाइ गर्दै आएका छौ ।’

कोभिड १९ को जोखिम बढ्दै अवस्थामा कम्पनीले कीटनाशक औषधि छर्कने कार्र्यक्रमलाई आगामी दिनमा पनि निरन्तता दिने उनले बताए । कम्पनीमा हाल सबै क्षेत्रमा गरी तीन सय जना कर्मचारीहरू कार्यरत रहेको र ती कर्मचारीहरूले विश्व स्वास्थ संगठनले तोकेका सबै मापदण्डहरूको पालना गर्दै काम गर्नेगरेको र यसको लागि प्रयोग गरिने मेसिन र औषधिहरू पनि विश्व स्वास्थ संगठनले तोकेको मापदण्डभित्र रहेको अध्यक्ष देउलाको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया