
काठमाडौं ।
रुसले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग र राजधानी काठमाडौँमा निर्माण गर्ने भनिएको ‘मेट्रो प्रोजेक्ट’मा लगानी गर्न इच्छुक रहेको बताएको छ । केही महिनाअगाडि नेपालस्थित रुसी राजदूतले ती परियोजनामा रुस लगानी गर्न इच्छुक रहेको बताएका थिए ।
रुसी राजदूतकै आग्रहअनुसार भौतिक मन्त्रालयले प्रस्ताव तयार पारेर परराष्ट्र हुँदै काठमाडौंस्थित रुसी राजदूतावासमा पठाएको थियो । लोमा समयसम्म रुसबाट उक्त प्रस्तावको बारेमा कुनै खबर नआइरहेको बेला बुधबार रुसी प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेट गरी रुस ती परियोजनामा लगानी गर्न इच्छुक रहेको जानकारी गराएको हो ।
नेपालले रुसलाई खासगरी मेट्रो रेलको लागि आर्थिक र प्राविधिक सहयोग गर्न आग्रह गर्दै आएको छ । रुससँग मेट्रो रेल निर्माणको सयौँ वर्ष पुरानो अनुभव छ । भौतिक मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप रुसले तयार गरेकामा बधाई दिनुका साथै पूर्ण सफलताको कामना गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेतृत्वका कारण झन् तनावको खतरा
- रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक पक्राउ
- यातायात र स्वास्थ्य क्षेत्रका कम्पनीमा धेरै विवाद
- एयरटेल सहकारीका सञ्चालकलाई जेल र जरिवानाको सजाय
- हल्लाले सेयरबजार हल्लायो
- सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण
- ज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर सहयोग
- नेपाल बैंकद्वारा फोन–पेको क्यूआर स्टेन्ड वितरण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया