Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआठ कम्पनीलाई १० अर्ब ४५ करोडको साधारण सेयर निष्काशन अनुमति

आठ कम्पनीलाई १० अर्ब ४५ करोडको साधारण सेयर निष्काशन अनुमति


काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको सुरुदेखि हालसम्म सबै किसिमका गरी आठवटा कम्पनीहरुलाई १०) अर्ब ४५ करोड ७६ लाख ९१ हजार रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डका अनुसार २०७७ साउन ४ देखि २०७७ पुुस २१ गतेसम्म आठवटा कम्पनीहरुलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १० करोड ४५ लाख ७६ हजार नौ सय १० कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति दिइएको हो ।

अनुमति पाउनेहरुमा नेपाल इन्फ्रास्टक्चर बैंक, चारवटा बीमा कम्पनी, एउटा हाइड्रोपावर कम्पनी र एउटा लघुवित्त वित्तीय संस्था रहेको छ । बोर्डका अनुसार चालू आवको सुरुवातमै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई ६३ करोड रुपैयाँबराबरको ६३ लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति दिइएको हो । समाज लघुवित्त वित्तीय संस्थालाई भने एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी ८६ लाख रुपैयाँबराबरको ८६ हजार कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति दिइएको बोर्डले जानकारी दिएको छ ।

जनरल इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो अवधिमा ३० करोड रुपैयाँबराबरको ३० कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको थियो । बोर्डका अनुसार सोही अवधिमा सानिमा जनरल इन्स्योरेन्स कम्पनीले पनि ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको छ । चन्द्रागिरि हिल्स लिमिटेडले पनि पछिल्लो अवधिमा आयोजना प्रभावित क्षेत्रका जनता र सर्वसाधारणको लागि १८ करोड ४० लाख ९१ हजार रुपैयाँबराबरको १८ लाख ४० हजार नौ सय १० कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको छ ।

बोर्डका अनुसार पछिल्लो समय प्रभुु लाइफ इन्स्योरेन्स कम्पनीले पनि ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको थियो भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले पनि आयोजना प्रभावित क्षेत्रका जनता र सर्वसाधारणको लागि ४३ करोड ५० लाख रुपैयाँबराबरको ४३ लाख ५० कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको छ ।

बोर्डका अनुसार सेयर जारी गर्नको लागि अनुमति पाएकाहरुमध्ये रिलायन्स लाइफ, समाज लघुुवित्त, जनरल इन्स्योरेन्स, सानिमा जनरल र प्रभुु लाइफ इन्स्योरेन्स कम्पनीले भने सेयर बिक्री कार्य सम्पन्न गरिसकेका छन् । यी चन्द्रागिरि हिल्सले आयोजना प्रभावित क्षेत्रका जनतालाई सेयर बिक्री गरिसकेको छ भने सर्वसाधारणको लागि यही पुस २४ गतेबाट सेयर जारी गर्नको लागि आह्वान गरिसकेको छ । यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि यही माघ २ गतेबाट सेयर बिक्रीको लागि आह्वान गरिसकेको छ । सिंगटी हाइड्रो भने यही पुस २१ गते बोर्डबाट साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको हुुँदा अबको केही दिन सेयर बिक्री आह्वान गर्ने बोर्डले जनाएको छ ।

बोर्डद्वारा टि प्लस टुु कार्यान्वयनमा ल्याउन निर्देशन
नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्योटमा टि प्लस टु कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । बोर्डले उक्त व्यवस्थाको लागि सीडीएस एण्ड क्लियरिङलाई सार्वजनिक सूचना प्रकाशित गरी कार्यान्वयनमा ल्याउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

नेपालको धितोपत्र बजारमा भइरहेको प्रविधिको बढ्दो प्रयोग तथा अन्तर्राष्ट्रिय अभ्यासलाई दृष्टिगत गरी धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट प्रणाली टि प्लस टुुमा गर्ने बोर्डको आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रममा रहेको छ । सोहीअनुसार उक्त नीति कार्यान्वयनमा ल्याउन सीडीएस एण्ड क्लियरिङले आफ्नो विनियममा भएको हालको टि प्लस थ्रीलाई टि प्लस टुुमा ल्याउने गरी संशोधन स्वीकृतिका लागि बोर्डमा पेश गरेकोमा बोर्डले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र टि प्लस टुु गर्ने गरी धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली, २०६९ मा सो प्रयोजनको लागि विनियममा संशोधन स्वीकृति प्रदान गरेको हो, बोर्डले भनेको छ ।

धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट चक्र छोटिई टि प्लस टुु कायम भएसँगै धितोपत्रको तरलतामा वृद्धि भई बजार थप गतिशील हुने तथा लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने जानकारी बोर्डले दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया