Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारु रकमान्तर गर्न कडाइ

भारु रकमान्तर गर्न कडाइ


काठमाडौं ।
बैंक तथा फाइनान्स कम्पनीहरुले भारतीय रुपैयाँको रकमान्तर गर्दा तीन कार्यदिनअगाडि नै नेपाल राष्ट्र बैंकमा पठाउनुपर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले भारु रकमान्तर गर्नुपर्दा भ्यालु डेटभन्दा तीन कार्यदिनअघि नै रकमान्तरको लागि विदेशी विनिमय विभागमा आवेदन दिनुपर्नेछ ।

नेपाल राष्ट्र बैंक, बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, वाणिज्य बैंकहरु र राष्ट्रियस्तरका विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया