Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगरबाट हार्डवेयरको कारोबारमा ७० प्रतिशतसम्मको कमी

विराटनगरबाट हार्डवेयरको कारोबारमा ७० प्रतिशतसम्मको कमी


विराटनगर,पछिल्लो समय विराटनगरबाट हार्डवेयरको कारोबारमा ७० प्रतिशतसम्मको कमी आएको छ । अहिलेको अवस्थामा हार्डवेयर व्यवसाय निकै नाजुक अवस्थामा पुुगेको यहाँका व्यवसायीहरूले बताएका छन् । हार्डवेयर संघ मोरङका अध्यक्ष समेत रहेका हार्डवेयर व्यवसायी प्रमोद अग्रवाल (जिन्दल)ले निर्माण कार्यले गति लिन नसकेका कारण हार्डवेयर व्यवसायको कारोबारमा ठूलो कमी आएको बताए । अध्यक्ष जिन्दलले नेपालमा निर्माण व्यवसायलाई राज्यले दिनुपर्ने भुक्तानी नदिँदा हार्डवेयर व्यवसायीहरूको उधारो रकम उठ्न नसकेको पनि गुनासो गरे । निर्माण कार्य ठप्पप्रायः रहेकाले हार्डवेयर व्यवसायीहरू पलायन हुनुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ । समग्रमा हार्डवेयर व्यवसाय नै निकै धराशायी भएको अवस्था गुुज्रिरहेका उनी बताउँछन् ।

‘हार्डवेयर व्यवसाय भनेको निर्माण व्यवसायी काम गर्ने र व्यवसाय जति चलायो त्यति हार्डवेयरको व्यवसाय पनि चल्ने हो । तर त्यसलाई ठूलो मर्का परेको छ’, उनले भने, ‘फेरि निर्माण सामग्रीमा अत्यधिक प्रयोग हुुने सिमेन्ट, डन्डीलगायतका कच्चा पदार्थमा अस्वाभाविकरूपमा भएको मूल्यवृद्धिले गर्दा पनि हार्डवेयर व्यवसायी नै मुुख्य प्रभावमा परेको छ ।’

सरकारले हार्डवेयर व्यावसाय र निर्माण व्यवसायलाई चलायमान बनाउन सरल ढंगबाट ऋण प्रवाह गर्ने नीति बनाउनुपर्ने उनले बताए । सरकारले हाल ल्याएको वित्तीय नीतिबमोजिम ७० प्रतिशतसम्म फाइनान्सिङ सुविधा तुुरुन्त उपलब्ध गराउने पर्ने जिन्दलको भनाइ छ । ‘त्यसले व्यवसायमा केही सुधार गर्छ कि भन्ने आशा पछिल्लो समय व्यवसायमा जगाएको देखिन्छ’, उनले भने, ‘अब निर्माण व्यवसायीको जुन पैसा होल्ड गरेर सरकारले राखेको छ, त्यो पैसालाई बजारमा सहजरूपमा उपलब्ध गराएको खण्डमा हार्डवेयर व्यवसायमा पनि केही सुधार हुनेछ ।’

वित्तीय क्षेत्रले व्यापार एवं व्यवसायमा पैसा सहजै उपलब्ध गराएको खण्डमा बजारमा सहजरूपमा निर्माण सामग्रीको उपलब्धता हुने विश्वास हार्डवेयर व्यवसायीको छ । अहिले केही दिनयतादेखि फेरि सिमेन्टमा १० रुपैयाँसम्म मूल्य बढेको छ भने छडमा ५० रुपैयाँसम्म प्रतिकेजी मूल्य बढेको छ । तर पनि पहिलेको अनुपातमा अहिले निर्माण कार्य गर्न केही सहज भएको हो कि भन्ने अनुमान गरिएको व्यवसायीहरूको भनाइ छ । पछिल्लो समय कम्पनीले उत्पादन गरेर बजारमा पु¥याइरहेको निर्माण सामग्रीमा मिसावट र गुुणस्तरहीन सामग्री आएको सम्बन्धमा अध्यक्ष जिन्दलले कच्चा पदार्थमा कहिले काहीँ प्राविधिक समस्याको कारणले गर्दा सामान्य गल्ती हुनु सामान्य विषय रहेको बताए । उद्योग व्यवसायमा हुने यान्त्रिक कारणबाट पनि त्यस किसिमको अवस्था आइपर्नसक्ने उनको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x