Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य 

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य 

पेट्रोल प्रतिलिटर एक सय १८ र डिजेल एक सय एक रुपैयाँ


काठमाडौं ।
नेपाल आयल निगमले मंगलबार फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । यसअघि निगमले गत फागुन १७ गते पनि मूल्यवृद्धि गरेको थियो । निगमका अनुसार मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक सय १८ रुपैयाँ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर एक सय एक रुपैयाँ बनाइएको छ । इण्डियन आयल कर्पोरेसनबाट मंगलबार नयाँ मूल्यसूची प्राप्त भएपछि निगमले मूल्य समायोजनको नाममा मूल्यवृद्धि गरेको हो । यसअघि पेट्रोल प्रतिलिटर एक सय १६, डिजल र मट्टीतेल प्रतिलिटर ९९ मा बिक्री हुँदै आएको थियो ।

निगमका अनुसार हवाइ इन्धन आन्तरिकको साबिक मूल्यमा दुई रुपैयाँले वृद्धि गरी प्रतिलिटर ७४ पु¥याइएको छ भने खान पकाउने एलपी ग्यास तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको छ । खाना पकाउने ग्यासको मूल्यवृद्धि हुँदा आन्दोलन हुने भएकाले निगमले घाटा खाएर पनि मूल्यवृद्धि गरेको छैन ।

मूल्य वृद्धिपछि पेट्रोलमा नौ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर तीन सय ९२ रुपैयाँ ८२ पैसा घाटा रहेको निगमले दाबी गरेको छ । त्यस आधारमा अर्धमासिक रुपमा निगमलाई एक अर्ब २७ करोड ७० लाखबराबरको घाटा रहेको दाबी गरिएको छ । सो घाटा रकम मूल्य स्थितीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने निगमको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया