Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभरतपुर महानगरको ४ अर्ब ८१ करोड १२ लाख बजेट सार्वजनिक

भरतपुर महानगरको ४ अर्ब ८१ करोड १२ लाख बजेट सार्वजनिक


काठमाडौं ।
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आयव्ययसहितको कुल चार अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । बिहीबार नवौँ नगरसभामा महानगरप्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटको व्यवस्थापन आन्तरिक आयबाट एक अर्ब २० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट प्राप्त ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, बैंक मौज्दातबाट एक अर्ब, मर्मतसम्भार कोषबाट तीन करोड, सडक बोर्डबाट तीन करोड र जिल्ला समन्वय समिति चितवनबाट तीन करोड रहने महानगरपालिकाले प्रक्षेपण गरेको छ ।

अन्तरसरकारी अख्तियारीबाट अनुमानित एक अर्ब २० करोड मूल सञ्चितकोषमा प्राप्त नहुने भएकोले अन्तरसरकारी अख्तियारी शीर्षकबाटै खर्च तथा लेखांकनको व्यवस्था गरिने समेत महानगरले जनाएको छ । महानगरले निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि दुई करोड र चालू आर्थिक वर्षमा निर्माणसम्पन्न हुननसकेका तथा भुक्तानी बाँकी रहेका र अधुरो योजनाहरू समयमै सम्पन्न गर्नका लागि एकमुस्ट ९८ करोड बजेट विनियोजन गरेको जनाएको छ ।

यस्तै महानगरपालिकाले सबै वडालाई एक करोड ७० लाखका दरले ४९ करोड ३० लाख, भौतिक पूर्वाधार तथा सहरी विकासका लागि ४१ करोड, शिक्षा क्षेत्रको विकास एवं सुधारका लागि १२ करोड ५० लाख, स्वास्थ्य सेवा क्षेत्रमा नौ करोडका साथै महानगर कोभिड–१९ नियन्त्रण तथा प्रभावकारी उपचारका लागि एक करोड ९० लाखको कोष बजेट छुट्याइएको छ ।

यस्तै ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण, कृषि सिँचाइमा अनुदान, कृषकहरूको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरण, कृषि बीमालगायतका कार्यक्रमहरूको निरन्तरताका लागि महानगरले कुल आठ करोड ७० लाख बजेट विनियोजन गरेको छ । महानगरले यसपटक कृषि र कृषकको महत्वलाई पहिलो प्राथमिकता दिँदै दुधमा हालसम्म एक रुपैयाँका दरले अनुदान उपलब्ध गराउँदै आएकोमा थप दुई रुपैयाँ वृद्धि गर्दै अनुदानलाई तीन रुपैयाँ पु¥याएको छ । पशुसेवा विकास कार्यक्रम कार्यान्वयनमा ल्याउनको लागि महानगरले आठ करोड ७० लाख कजेट व्यवस्था गरेको छ ।

यसैगरी वडामा स्वास्थ्य संस्था स्थापना, कोरोना संक्रमणको सम्भावना भएका व्यक्तिहरूको परीक्षण तथा उपचार, स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई निःशुल्क यातायात एम्बुलेन्स खर्च, क्याल्सियम सप्लिमेन्टेसन कार्यक्रम र झुल वितरण कार्यक्रम तथा खोप क्लिनिक, गाउँघर क्लिनिकलगायत सामुदायिक सेवालाई निरन्तरतालगायतका कार्यक्रम कार्यान्वयन गर्न एकमुस्ठ नौ करोड विनियोजन गरिएको छ । साथै कोभिडको नियन्त्रण तथा प्रभावकारी उपचारको लागि एक करोड ९० लाखको महानगरपालिका कोभिड कोष स्थापना गरिने भएको छ । फोहोर संकलन तथा व्यवस्थापन कार्यक्रमको लागि सात करोड, शैक्षिक विकासको नीति कार्यान्वयन गर्नको लागि १२ करोड ५० लाख, प्रकोप व्यवस्थापन कोषमा एकमुष्ठ एक करोड ५० लाख बजेट विनियोजन गरिएको महानगरले जनाएको छ ।

सहकारी संस्थाहरूलाई समुदायस्तरमा प्रवद्र्धन गरी युवा स्वरोजगार कार्यक्रम सञ्चालन, युवाहरूलाई सहकारी संस्था वा बैंकमार्फत लिने तीन लाख र पाँच लाख रुपैयाँसम्मको ऋणमा तीन वर्षसम्मको लागि क्रमशः शतप्रतिशत र ८० प्रतिशत ब्याज अनुदान कार्यक्रम सञ्चालन, विदेशबाट आर्जन गरेको सीप उपयोग गरी रोजगारी पैदा गर्ने खालका कृषिलगायतका साना उद्यम गर्न चाहने युवाहरूलाई अनुदानलगायतका कार्यक्रम कार्यान्वयन गर्नको लागि एकमुस्ठ तीन करोड ५० लाख विनियोजन गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया