Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगैरकानुनी रुपमा उपचारमा संलग्न भारतीय नागरिक पक्राउ

गैरकानुनी रुपमा उपचारमा संलग्न भारतीय नागरिक पक्राउ


काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गैरकानुुनी रुपमा अर्थात् अनुुमति नलिईकन उपचारमा संलग्न भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ ।

सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार सम्बन्धित निकायबाट अनुमति नलिईकन उपचार संलग्न रहेको आधारमा भारतको घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका ७, चाबहिल बस्ने वर्ष ३१ को सौरभ कुमार, महोत्तरी, पिपरा गाउँपालिका ३ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका ७, चाबहिल बस्ने वर्ष ४० को डा. रावेत रञ्जन कुमार ठाकुर र दोलखा, बैतेश्वर गाउँपालिका ६ घर भई हाल काठमाडौं महानगरपालिका ७, चाबहिल बस्ने वर्ष ४६ को राधा कृष्ण तामाङलाई पक्राउ गरिएको हो ।

उनीहरु सबैलाई काठमाडौंको चाबहिलस्थित हेल्दी स्माइल ओमकार डेन्टल होम प्रालिबाट पक्राउ गरेको प्रहरी उपरीक्षक महतोले जानकारी दिए । काठमाडौं महानगरपालिका ७, चाबहिलस्थित हेल्दी स्माइल ओमकार डेण्टल होम प्रालिमा चिकित्सासम्बन्धी पेशा गर्न कानुनबमोजिम अधिकार प्राप्त अधिकारीबाट इजाजत पत्रप्राप्त नगरेका भारतीय नागरिकले चिकित्सकको रुपमा काम गरी बिरामीहरुको चेकजाँच गर्ने, चिरफार तथा सर्जरी समेतका उपचार कार्यमा संलग्न रहेको भन्ने जानकारी सीआईबीमा आएको थियो ।

सोही जानकारीको आधारमा सो सम्बन्धमा सत्यतथ्य बुझी आवश्यक कारबाही गर्न नेपाल मेडिकल काउन्सिल समेतको टोली खटिई यही साउन १६ गते स्थलगतरुपमा बुझ्दा भारतीय नागरिक सौरभ कुमारले इजाजत पत्र विना दाँतसम्बन्धी बिरामीको चेकजाँच तथा उपचार गरिरहेको अवस्थामा फेला परेको र सो कार्य गर्न सहजीकरण गर्ने उक्त प्रालिका सञ्चालक राधा कृष्ण तामाङ, डा. रावेत रञ्जन कुमार ठाकुर र सौरभ कुमारलाई सोही मौकामा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका तीन जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ अन्तर्गतको इलाजसम्बन्धी कसुर तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गर्न आवश्यक अनुसन्धान भइरहेको महतोको भनाइ छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x