काठमाडौं । सेयर बजार परिसुुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ५० अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज मंगलबार पुन ३५ दशमलव ५३ अंकले ओरालो लागेर २१ सय ३७ दशमलव ९२ बिन्दुमा कायम रहेको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ११ अंकले ओरालो लागेर चार सय १५ दशमलव ६३ बिन्दुमा झरेको छ । आज कुल १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २७ हजार पाँच सय १९ पटकको कारोबारमा ३७ लाख ६९ हजार आठ सय १२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही अनुुरुप आज कुल सेयर कारोबार रकम एक अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सामुहिक लगानी उपसमुहको सुचक शुन्य दशमलव शुन्य सात अंकले उकालो लागेको छ भने बाँकी उपसमुहको सुचक उच्च ओरालो लागेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया