Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुँदा सरकारलाई अप्ठ्यारो’

‘वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुँदा सरकारलाई अप्ठ्यारो’


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुँदा सरकारलाई अप्ठ्यारो भइरहेको बताएका छन् । म्यानपावरले श्रमिकबाट विदेश पठाउँछु भनेर पैसा लगेको प्रमाण नभएका कारण कारबाही गर्न समस्या भएको उनको भनाइ छ ।

आइतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रमअन्तर्गत श्रमिकहरुको गुनासो सुनेपछि उनले म्यानवरले पैसा मागेपछि प्रमाण राखेर मात्रै पैसा दिन आग्रह गरे । मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजीकरण गर्ने उनको भनाइ छ । श्रमिकहरुले मन्त्रीसँग भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भनेजस्तो काम नपाए समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासोहरु राखेका थिए । पछिल्लो समय धेरेले विदेश जाँदा ठगिएको गुनासोहरु राख्ने गरेका छन् । साथै उनले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नौ जना श्रमिकको गुनासो सम्बोधन समेत गरेका छन् । अहिलेसम्म २९ जना श्रमिकले नेपाल र विदेशबाट प्रत्येक्ष मन्त्रीसँग आफ्ना गुनसाहरु राखेका छन् ।

श्रमिकका गुनासोलाई मन्त्री कुँवरले तत्काल सम्बोधन गर्ने खालका भए तत्कालै र समय लाग्ने गुनासोहरु वैदेशक रोजगार विभाग र बोर्डमा समाधानका लागि पहल गर्न अनुरोध गरेका छन् । श्रमिकसँग श्रममन्त्री कार्यक्रमम हरेक हप्ताको आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन भइरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया