Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन् । फागुन १ गतेदेखि उनी परराष्ट्र सल्लाहकारमा नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनी पूर्व सभामुख एवम् माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा हुन् ।

तत्कालिन केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक थिए । उनी नेपालको परराष्ट्र नीति र छिमेकी मुलुकबीचको सम्बन्धका विषयमा नयाँ रणनीति अख्तियार गर्नुपर्ने विश्लेषण गर्दै आइरहेका छन् ।

यस्तै, प्रधानमन्त्रीको प्रशासन तथा जनसम्पर्क सल्लाहकारमा रामदीप आचार्य, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली नियुक्त भएका छन् । प्रधानमन्त्रीको आर्थिक सल्लाहकार भने अझै नियुक्त भएका छैनन्।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया