Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान

स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन्  । बिरामीको सुरक्षा सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन मन्त्री गिरी नेतृत्वको टोली गएराति स्वीटजरल्याण्ड प्रस्थान गरेका  हो । स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना २३ र २४ फेब्रुअरी (फागुन ११ र १२ गते) कार्यशाला आयोजना हुँदैछ ।

सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ । मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत गएका छन् । मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया