Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगड्डाचौकीबाट ६ महिनामा रु. सात करोडको तरकारी आयात

गड्डाचौकीबाट ६ महिनामा रु. सात करोडको तरकारी आयात


कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६ महिनामा रु. सात करोड भन्दा बढीको तरकारी आयात भएको छ । कञ्चनपुरका बितेका वर्षमा तरकारी खेतीप्रति किसानको आकर्षण बढिरहेको भए पनि यहाँ तरकारी भारतबाट आउने क्रम रोकिएको छैन् ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको साउनदेखि गत पुससम्म यहाँबाट रु. सात करोड ६५ लाख ४४ हजारको तरकारी आयात गरिएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुव विकले चालु आर्थिक वर्षको हालसम्म रु. ८० करोडको सामान आयात भएको जानकारी दिए । “गत वर्ष एक अर्ब १२ करोडको सामान यहाँबाट भित्रिएको थियो”, उनले भने, “ अहिले आयात घटेको अवस्था छ ।” भन्सार कार्यालयका अनुसार यहाँबाट आलु, प्याज, गोलभेडा, काउली, मुला, गाजर लगायतका तरकारी आयात हुने गरेको छ ।

कूल ६ महिनामा तीन हजार ४७ मेट्रिक टन तरकारी भारतबाट आयात भएको भन्सारको तथ्याङ्कले देखाएको छ । त्यसैगरी भन्सारबाट रु. तीन करोड ३० लाखको दाल भारतबाट भित्रिएको छ । यहाँबाट मसुर, मास, मटर, चना लगायतको दाल आयात भएको छ । कञ्चनपुर भन्सार कार्यालयका कम्प्युटर अपरेटर भुषण गिरीले यहाँबाट चालु आर्थिक वर्षको ६ महिनामा रु. तीन करोड ६८ लाखको फलफूल गड्डाचौकीबाट भित्रिएको छ । गिरीका अनुसार यहाँबाट सबैभन्दा बढी केरा, मेवा, अङ्गुर, स्याउ, सुन्तला र अनार लगायतको फलफुल भारतबाट आयात हुँदै आएको छ ।

त्यसैगरी भारतबाट चामल, दाल लगायतका खाद्यान्नसमेत आयात हुने गर्छ । यहाँबाट रु एक करोड ७८ लाख बराबरको उक्त खाद्य सामग्री भित्रिएको छ । कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले भारतबाट तरकारी आयात घटेको बताए । “ स्थानीय उत्पादनका कुनै समस्या देखिएन भने आयात घट्छ”, अध्यक्ष सोनारले राससलाई भने, “ उत्पादन बढ्दा आयातमा कमी आउँछ ।”

स्वदेशमै तरकारी खेती बढिरेहको भए पनि व्यावसायिक रुपमा आवद्ध किसानलाई सरकारले अनुदान सहयोग बढाउनुपर्ने बताए। “दश/पन्ध्र वर्ष पहिले तरकारीमा हामी ८० प्रतिशत आश्रित थियौँ”, उनले भने, “अहिले दश/पन्ध प्रतिशत मात्रै आयात हुन्छ की भन्ने छ ।”


क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश, समाचार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया