मदन भण्डारी राजमार्गमा सन्तान्नब्बे पुल निर्माण सकियो
काठमाडौं। पूर्व-पश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न भएको छ । जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा झन्डै आधा सकिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।
लम्बाइका हिसाबले ठूला पुल सम्पन्न भइसकेका र अब ८८ वटा पुल निर्माण गर्न बाँकी रहेकामा अधिकांश साना पुल नै रहेको निर्देशनालयमा कार्यरत इञ्जिनियर शिवशरण तिमल्सिनाले जानकारी दिए । निर्माणमा जान बाँकी पुलमध्ये बढी लम्बाइको पुल कर्णाली नदीमा निर्माण गर्नुपर्ने छ । त्यसबाहेक अधिंकाश कम लम्बाइको हुनसक्ने देखिएको उनले बताए । उनले भने, ‘डेढ–दुई सय मिटरसम्मको पुल हुनसक्छ।’ चालु आवमा २४ किमी सडक कालोपत्रसँगै १० पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । हालसम्म चार पुल सम्पन्न भइसकेको र अरूमा निर्माण भइरहेको उनले बताए।
पहिले निर्माण भइसकेका सडकलाई स्तरोन्नति गर्ने गरी सुरु भएको राजमार्गमा ठाउँठाउँमा अरू सडकमा जोडिने भएको छ । अरू राजमार्ग कम चौडाइका भएमा त्यसलाई पनि मदन भण्डारीको स्तरमा स्तरोन्नति गरिने योजना रहेको इञ्जिनियर तिमल्सिनाले जानकारी दिए ।
अहिले एक लेन (३.५ मिटर चौडाइ) वा इन्टरमेडिएट (५.५ मिटर चौडाइ) को पुल भएमा तिनको पनि भविष्यमा राजमार्गको स्तरमा स्तरोन्नति हुनसक्ने उनले बताए । उनले भने, ‘अहिले भर्खरै चलिरहेको पुल भएमा त्यहाँको सवारी साधनको चापका आधारमा आवश्यक देखिएमा काम हुन सक्नेछ।’
चालु आवमा राजमार्गका लागि सरकारले रु. दुई अर्ब ८२ करोड विनियोजन गरेको थियो । सरकारले प्राथमिकता प्राप्त आयोजना (पिवान) का रुपमा अघि बढाइरहेको सो आयोजनाको जम्मा लम्बाइ एक हजार तीन सय ९० किमी रहेको छ । जम्मा लम्बाइमध्ये निर्देशनालयले सात सय ४० किमी सडक निर्माण गर्ने भएको छ भने बाँकी अरू निकायबाट निर्माण भएको छ ।
सो राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा समेत हेरिएको छ । सरकारले पूर्व-पश्चिम राजमार्गमा सवारी साधनको चाप बढिरहँदा चारदेखि लेनमा विस्तार गरिरहेको छ । राजमार्गको विकल्पका रुपमा यो राजमार्गले पनि पूर्व-पश्चिम राजमार्गको चाप कम गर्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने
- आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यको पूर्णपाठ
- बजेट वक्तव्य: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड
- बजेट वक्तव्य: एक लाख ‘रिटर्नी’ लाई स्वरोजगार बनाइने
- बजेट वक्तव्य: प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड
- सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै बुद्ध पूजा
- अर्थमन्त्री पुनद्वारा आव २०८१-८२ को बजेट प्रस्तुति सुरु
- विराटनगरमा श्रमाधान रोजगार मेलाको आयोजना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया