Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुद्वारा १५ लाख बढी राजस्व सङ्कलन

ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुद्वारा १५ लाख बढी राजस्व सङ्कलन


महेन्द्र शाही
सोलुखुम्बु साउन १३
जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले आर्थिक वर्ष २०७६/७७ मा १५ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले १ वर्षको अवधिमा दुई हजार दुई सय १६ वटा सवारी कारबाहीबाट १५ लाख ३८ हजार राजस्व सङ्कलन गरेको हो । यो रकम आर्थिक वर्ष २०७५/७६ को भन्दा दुई लाख ८८ हजार बढी हो । २०७५/७६ मा १२ लाख पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

ट्राफिक प्रहरीको जनशक्ति तथा सवारी साधनको संख्या बढ्नु राजस्व सङ्कलनमा वृद्धि हुनुको कारण भएको ट्राफिक प्रहरी इन्चार्ज तथा प्रहरी सहायक निरीक्ष कृष्ण कटुवालले जानकारी दिए । पछिल्लो समय सवारी साधनको संख्यामा पनि वृद्धि भएकाले राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको उनको भनाइ ।

राजस्व सङ्कलन अझ बढी हुने आँकलन गरिए पनि लकडाउनले सवारी सञ्चालन नहुँदा राजस्वमा कमी आएको उनको भनाई छ । राजस्व सङ्कलनसँगै सवारी कारबाहीको संख्या पनि बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा एक हजार आठ सय ११ सवारी कारबाही भएकोमा आर्थिक वर्ष २०७६/७७ मा दुई हजार दुई सय १६ वटा सवारी कारबाहीमा परेका छन् ।

पछिल्लो सयम नियम उलङ्घन गर्नेहरू पनि निकै धेरै रहेको उनको भनाइ छ । सवारी साधनको संख्यामा वृद्धि भएसँग कारबाहीमा पर्नेको ग्राफ पनि धेरै देखिएको हो । कारबाहीमा पर्ने सवारी चालकहरूले सवारी परिचय पत्र, सिट बेल्ड नलगाउने, प्रयोजनविपरीत सवारी सञ्चालन गर्नेहरू रहेका छन् । त्यस्तै क्षमताभन्दा बढी यात्रु बोक्ने, लापरबाही ढङ्गले सवारी चलाउने तथ हेलमेन्ट नलागएर मोटरसाइक चलाउनेहरू रहेको ट्राफिक प्रहरीको भनाइ छ ।

गत आर्थिक २०७६/७७ मा सबैभन्दा बढी जिप तथा कार कारबाहीमा परेका छन् । नौ सय ४४ वटा जिप कारबाहीमा परेको ट्राफिक प्रहरीको भनाइ छ । जसबाट छ लाख ८६ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । जिल्लाभरि सबैभन्दा कम कारबाहीमा पर्ने सवारीमा बस रहेका छन्, जुन ५८ वटाबाट ४८ हजार पाँच सय राजस्व सङ्कलन भएको बताइएको छ ।

यसैबीच गत आर्थिक वर्ष २०७६/७७ मा सोलुखम्बु जिल्लाभित्र सवारी दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरूमा सबै पुरुष रहेको ट्राफिक प्रहरीको भनाइ छ । जिल्लाका विभिन्न स्थानमा १७ वटा सवारी दुर्घटना भएको र २६ जना व्यक्ति दुर्घटनामा परेको ट्राफिक प्रहरीको तथ्याङ्क रहेको छ । २६ जनामध्ये ५ जनाले ज्यान गुमाएका छन् भने ४ जना गम्भीर घाइते र १७ जना सामान्य घाइते भएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया