Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभत्ता पचाउने नाममात्रको आयोग गठन नगर्न आरक्षपीडितको आग्रह

भत्ता पचाउने नाममात्रको आयोग गठन नगर्न आरक्षपीडितको आग्रह


धनबहादुर जप्रेल
कञ्चनपुर, साउन १९
कञ्चनपुरका आरक्षपीडितहरूले भत्ता मात्रै बुझ्ने नाममात्रको आयोग गठन नगर्न आग्रह गरेका छन् । जिल्लाभरिका आरक्षपीडितका अगुवाको बैठकबाट पीडितको समस्या समाधान गर्ने अधिकारसम्पन्न आयोग गठन गर्नु आवश्यक रहेको औँल्याएका छन् । हालसम्म सरकारले बनाएको कुनै पनि आयोगले काम नगरेको उनीहरूको गुनासो छ ।

आरक्षपीडितका अगुवा गोविन्द नेपालीले लामो समयदेखि पुनर्स्थापनाको पखाइमा रहेका पीडितको समस्या समाधानका लागि छुट्टै केबल आरक्षपीडितकै समस्या समाधान गर्ने खालको आयोग गठनको माग अघि सारे । ‘हाम्रो समस्या अन्यको भन्दा फरक प्रकृतिको छ, ‘उनले भने, ‘हामी जमीन हुँदाहुँदै तत्कालीन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित गराएका पीडित हौँ, हामीलाई र सुकुमबासीलाई एकै घानमा हाल्न मिल्दैन् ।’

केही आरक्षपीडित विरोधी समूहले सुकुमवासी, बसोबासी, लालपूर्जाविहीनलगायत र आरक्षपीडितलाई एकै घानमा राखेर समस्या समाधान हुन्छ भनेर प्रोपोगाण्डा मच्चाइरहेको बताउँदै उनले पीडितको समस्या समाधान गर्न अलग्गै आयोगको माग अघि सारे । ‘अहिलेसम्म एकल आयोग त्यो पनि स्पेसल आरक्ष विस्थापितका नाममा २९औँ आयोग गठन हुुँदा पनि हाम्रो समस्या जस्ताको तस्तै रहेकोे छ’, उनले भने, ‘संयुक्तरूपमा गठन हुने आयोगले हामीहरूको पुनर्स्थापना गर्ने के ग्यारेन्टी छ ।’

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले पनि अधिकारसम्पन्न पीडितको पक्षमा काम गर्ने आयोगको विकल्प नभएको बताए । ‘हामी पीडित छुट्टै प्रकृतिका छौँ, ‘उनले भने, ‘हाम्रो समस्यामा अरुलाई र अरुको समस्यामा हामीलाई हाल्न मिदैन ।’


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया