Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआर्थिक अनियमितता भएको भन्दै वडा कार्यालयमा तालाबन्दी

आर्थिक अनियमितता भएको भन्दै वडा कार्यालयमा तालाबन्दी


दोलखा ।
वडागत आयोजनामा मनोमानी गर्दै आर्थिक अनियमित गरेको भन्दै दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालुको वडा कार्यालय तालाबन्दी गरिएको छ । उपभोक्ता समिति गठन गर्दा एकलौटी गरिएको साथै वडामा आर्थिक अनियमितता बढ्दै गएको भन्दै नेपाली कांग्रेस वडा कार्यसमितिले मालुले आइतबार वडा कार्यालय तालाबन्दी गरेको हो ।

वडामा भएको आर्थिक अनियमितता छानबिन गर्न र एकलौटीरूपमा उपभोक्ता समिति नबनाउ पटकपटक लिखित र मौखिकरूपमा आग्रह गर्दा समेत वडाले चासो नदेखाएका कारण वडा कार्यालयमा तालाबन्दी गर्नुपरेको नेपाली कांग्र्रेसका नेता सन्तोष पोखरेलले बताए । वडा अध्यक्षले आफूनिकटका व्यक्तिलाई समितिमा राखेर योजना दिएको उनले बताए । आफूूहरूले उठाएका मागलाई सम्बोधन नगरेसम्म आन्दोलनका कार्यक्रम अघि बढाइरहने तथा वडाको ताला नखोल्ने पोखरेलले बताए ।

मालुका वडा सभापति गोपाल तिमल्सिनाको नेतृत्वमा उपस्थित कांग्र्रेस नेता तथा स्थानीयहरूको टोलिले वडा कार्यालय तालाबन्दी गरेको हो । आगामी दिनमा गाउँपालिकामा हुने सबै प्रकारका योजनामा उपभोक्ता समिति छनोट गर्दा सबैले थाहा दिनुपर्ने बहुपक्षीय निर्णय हुनुपर्ने तथा एकलौटी हुँदै आएका कामहरू बन्द गर्नुपर्ने कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया