Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहिलालाई दुनाटपरी बनाउने तालिम

महिलालाई दुनाटपरी बनाउने तालिम


दोलखा ।
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ४ र ५ का महिलालाई व्यावसायिक तथा आत्मनिर्भर बनाउन दुई दिने दुना र टपरी गाँस्ने तालिम दिइएको छ । नगरपालिका दुई वडाका करिब ४० जना महिलालाई तीन समूहमा छनोट गरेर तालिम दिइएको हो । पछिल्लो समय बजारमा सालको पातको दुना टपरी लोप हुँदै गएको भन्दै भीमेश्वर नगरपालिकाले तालिमको आयोजना गरेको नगरपालिकाकी उपमेयर कमला बस्नेतले जानकारी दिइन् ।

नगरको आर्थिक सहयोग तथा दुई वडाको आयोजना र भीमेश्वर पूजा सामग्री उत्पादन उद्योगको प्राविधिक सहयोगमा महिलालाई दुनाटपरी गाँस्ने तालिम दिइएको हो । भीमेश्वर पूजा सामग्री उत्पादन उद्योग दोलखाका प्रमुख रमेश खतिवडाका अनुसार तालिममा सहभागी महिलाले उत्पादन गरेका सबै दुनाटपरी उद्योगले खरिद गरिदिनेछ । महिलाहरुले बनेका दुनाटपरी आफ्नै उद्योगले खरिद गरिदिने भएपछि तालिमले महिलालाई आत्मनिर्भर बनाउन सहयोग गर्ने उनले बताए ।

दुनाटपरी गाँस्ने तालिममा सहभागी हुन आएकी भीमेश्वर नगरपालिका ४ कि हिरादेवी बुढाथोकीले यस्ता तालिमले बिहान बेलुकाको फुर्सदको समयमा दुई÷चार पैसा कमाउने व्यवसाय हुने बताइन् । विभिन्न काजकिरिया तथा पूजापाठमा दुना टपरीमा नभई नहुने भएकोले तालिम लिन आएको उनले बताइन् । भीमेश्वर पूजा सामग्री उत्पादन उद्योगले सहभागी ४० जना महिलालाई ४ कुने, ५ कुने, ११ दिनको पितृकार्य, विवाहलगायतका काजकिरियामा प्रयोग हुने दुनाटपरी गाँस्न सिकाएको उद्योगका सञ्चालक खतिवडाले जानकारी दिए । बजारमा अहिले एउटा टपरीको मूल्य १० देखि १५ रुपैयाँ र दुना दुईदेखि पाँच रुपैयाँ रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया