बझाङमा फरक क्षमता भएका ५० घरपरिवारलाई राहत वितरण
बझाङ ।
जिल्लामा एक महिनादेखि गरिएको निषेधाज्ञालाई थप कडाइ गरिएको छ । गत साताको तुलनामा यो साताको आइतबारदेखि निषेधाज्ञालाई कडाइ गरिएको हो । जिल्ला प्रशासनको कार्यालय दोलखा र जिल्ला कोभिड व्यवस्थापन समितिको गत शनिबार बसेको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप गरेको थियो ।
निषेधाज्ञाको समयमा पनि हिँडडुल गर्ने मानिस र सवारीसाधनको चाप बढेपछि थप कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । जिल्लामा वैशाख २३ गतेदेखि निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले सवारी आवतजावत तथा बजारका पसल बिहानदेखि नै बन्द गर्न थालेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको परिपत्रअनुसार बजारमा निषेधाज्ञा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखा प्रहरी प्रमुख डीएसपी भेषराज रिजालले जानकारी दिए । जिल्लाका दुई मुख्य नाका खरीढुङ्गा र किर्नेटार नाकामा सवारी प्रवेशमा पनि कडाइ गरिएको छ ।
यस्तै जिल्लाको बैतेश्वर गाउँपालिकाको मैनापोखरी बजार, तामाकोशी बजारमा भने आइतबारदेखि बिहान १० बजेसम्म पसलहरू खोल्न थालिएको छ । बजारका व्यापारी तथा उद्योग वाणिज्य संघको मैनापोखरी शाखाले एक सूचना जारी गर्दै १० बजेसम्म पसल खुला गर्ने निर्णय गरेको हो ।
दोस्रो लहरको कोरोना भाइरसका कारण जिल्लाका एक दर्जन मानिसको मृत्यु भएको छ भने करिब दुई हजार मानिस संक्रमित भएका छन् । जिल्लामा न्यून मानिसको स्वाबको पीसीआर परीक्षा गर्दा पनि दैनिक संक्रमित वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका स्वास्थ्य प्रमुख अर्जुन पौडेलले जानकारी दिए । दोलखामा हाल सात सय ७३ जना सक्रिय संक्रमित छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
- आज इलाम र बझाङमा उपनिर्वाचन
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
- पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
- धरौटिमा छुटे दिपेश पुन
- अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया