Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजेसीबीको बकेटले हानी वडाअध्यक्षको हत्या

जेसीबीको बकेटले हानी वडाअध्यक्षको हत्या


सर्लाही ।
ईश्वरपुर नगरपालिका–३ वाण टोलस्थित मुखलाल बाँध पोखरी खन्ने विषयमा भएको विवादमा जेसीबी चालकले जेसीबीको बकेटले हानी सोही वडाका वडाध्यक्ष ५५ वर्षीय सूर्य कुमार श्रेष्ठको हत्या गरेका छन् । वडाध्यक्षको हत्या गर्ने जेसीबीका चालक हरिपुर नगरपालिका–१ हजारबिघा बस्ने रबिन तामाङ भन्ने ४० वर्षीय हर्कबहादुर गोलेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बाँध पोखरी खन्ने विषयमा वडाध्यक्ष सूर्य कुमारसँग जेसीबी ठेकदार ईश्वरपुर नगरपालिका–३ भक्तिपुर बस्ने ३१ वर्षीय प्रेमराज दाहाल, पोखरी ठेकदार सोही ठाउँ बस्ने ४० वर्षीय इन्दल सहनी र जेसीबी चालक हर्कबहादुरबीच शुक्रबार राति विवाद भएको थियो ।

विवादका क्रममा हर्कबहादुरले जेसीबी स्टार्ट गरी वडाध्यक्षलाई बकेटले हानेर खाल्टोमा पुरेका थिए । उक्त खबर प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक समेतको टोलीले वडा अध्यक्षलाई उद्दार गरी उपचारको लागि एम्बुलेन्सद्वारा जिल्ला अस्पताल मलंगवा लगेको थियो । तर उनलाई अस्पतालमा पु-याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि फरार रहेका चालक हर्कबहादुरलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीलगायत मातहत कार्यालय समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सर्लाही लालबन्दीमा फेला पारी पक्राउ गरेको हो । साथै प्रेमराज दाहाललाई अनुसन्धानको लागि नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया