Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोनाले बन्द भीमेश्वर मन्दिर खुल्यो

कोरोनाले बन्द भीमेश्वर मन्दिर खुल्यो


काठमाडौं । कोरोनाले लामो समय प्रभावित बनेको दोलखाका धार्मिक स्थल खुल्न थालेका छन् । दोस्रो चरणको कोरोना भाइरसले गत वैशाखदेखि थलिएको जिल्लाकै चर्चित धार्मिक स्थल भीमेश्वर मन्दिर सोमबारदेखि पूर्णरूपमा खुलेको हो।

प्रमुख धार्मिक स्थलको रूपमा रहेको भीमेश्वर मन्दिर जिल्लामा कोरोना भाइरस न्यूनीकरण हुँदै गएको भन्दै मन्दिर व्यवस्थापन समितिले मन्दिर खुला गरेको हो । नेपालका ७७ जिल्लामा प्रसिद्ध रहेको पुरानो ऐतिहासिक भीमेश्वर मन्दिरमा कोरोनाको भाइरसको जोखिम रहेको भन्दै स्थानीय प्रशासन भीमेश्वर नगरपालिका र मन्दिर परिषद्ले गत वैशाख २३ गतेदेखि एक सूचना निकालेर मन्दिर बन्द गरेको थियो ।

पछिल्लो समय नेपाल सरकारले निजी तथा सार्वजनिक सवारी, सरकारी तथा निजी कार्यालय र बजार खुला गर्दै लकडाउनलाई फितलो पार्दै लैजाने निर्णय गरेपछि जिल्लाका धार्मिक स्थलहरू पनि खुल्न थालेका हुन् । आइतबार भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र भीमेश्वर नगरपालिका वडा नम्बर २ बीचको छलफलपछि भक्तजनको लागि मन्दिर खुला गरिएको भीमेश्वर नगरपालिका वडानम्बर २ का वडाअध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिए ।

दैनिक हजारौँ भक्तजनको भीड लाग्ने चर्चित भीमेश्वर मन्दिरमा खुलेकै दिन शनिबार सयौँ संख्यामा भक्तजन मन्दिरमा दर्शन गर्न आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार मन्दिरमा कोरोना भाइरसको सतर्कता अपनाएर मन्दिर खुला गरिएको हो । मन्दिरको बाहिर गेटमा हात धुने साबुन र स्यानिटाइजर राखिएको छ । मन्दिरमा दर्शन गर्न आउने सर्वसाधारणलाई सामाजिक दुरि कायम गर्न लगाएर मास्कको प्रयोग गर्न लगाउने गरेको अध्यक्ष श्रेष्ठले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया