Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्राकृतिक विपद् र उद्धारसम्बन्धी पूर्वअभ्यास

प्राकृतिक विपद् र उद्धारसम्बन्धी पूर्वअभ्यास


दोलखा । नेपाली सेनाले दोलखाको तामाकोशीमा प्राकृतिक विपद् र उद्धार सम्बन्धी पूर्वअभ्यास गरेको छ । मनसुन सक्रिय भएसँगै जिल्लाका नदीमा तथा खहरे खोला ओहोरदोहोर गर्दा हुने घटना र बाढीपहिरोले ल्याउन सक्ने विपदका घटना र त्यससम्बन्धी खोज तथा उद्धारका बारेमा स्थानीयलाई जानकारी गराउने सेनाले पूर्वअभ्यास गरेको हो ।

नेपाली सेनाको तारा दल गणको रोहवरमा जिल्लाका अन्य सुरक्षा निकायले तामाकोशी नदीमा आइतबार उद्धारसम्बन्धी अभ्यास गरेका थिए । तामाकोशी नदीमा विभिन्न घटनाको परिकल्पना गरी सेनाको नेतृत्वमा उद्धार कार्यका पूर्वअभ्यासहरू गरिएको तारादल गण चरीकोटका गणपति अनिल केसीले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा पहिरो तथा बाढीमा परेका व्यक्तिहरूको उद्धार, नदीमा डुबेका, बगेका व्यक्तिहरूको खोज तथा उद्धार, सडक बन्द हुँदा बाढी पहिरोका घाइतेलाई डोरीको सहायतले नदी तार्नेजस्ता घटनाहरूको उद्धार गर्ने विधि तथा प्रक्रियाका बारेमा जानकारी गराइएको थियो । जिल्लामा अघिल्ला वर्षहरूमा प्राकृतिक विपत्का घटनामा परेका दर्जनौँ व्यक्तिले ज्यान घुमाएका थिए भने सयौँ जना विगस्थापित बनेको थिए । यस वर्ष पनि त्यस्ता किसिमका घटना र विपत् आईपरे तत्कालीन समय ज्यान जोगाउनका लागि सहज होस् भन्ने उद्देश्यले अभ्यास सञ्चालन गरिएको सेनाले जनाएको छ ।

बाढी आउँदा तथा पहिरो जाँदा नदीमा घरायसी सामग्री प्रयोग गरेर तैरिने र उद्धार गरिने कला, उद्धारको डुंगा पल्टिँदा पुनः पुरानै अवस्थामा फर्काउने तरिका समेत प्रदर्शन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, तारा दल गण, सशस्त्र प्रहरी बलको १८ नं गुल्म, जिल्ला प्रहरी कार्यालय, रेडक्रस सोसाइटी, स्काउट र भीमेश्वर नगरपालिकाको आपतकालीन कार्यसञ्चालन केन्द्रको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडासहित जिल्लाका सुरक्षा अधिकारीहरूले अवलोकन गरेका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया