Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभैरवकुण्ड साइकल यात्रा

भैरवकुण्ड साइकल यात्रा


काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा रहेका धार्मिक पर्यटकीय स्थलहरूको पर्यटन प्रवर्द्धनका निम्ति भोटेकोशी गाउँपालिकाको आयोजनामा वैशाख २१ देखि २३ सम्म साइकल ¥याली सम्पन्न भएको छ । कोदारी नाकाबाट सुरु भएको यात्रा दुगुनागढी हुँदै भैरव कुण्ड पुगेको थियो । यात्राको सुरुवातमा भोटेकोशी गाउँपालिका अध्यक्ष तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघलगायतका पदाधिकारीले साइकल यात्रीलाई खादा लगाई कार्यक्रमको सुरुवात गरिएको थियो ।

यस्तै, ठाउँ–ठाउँमा रहेका आमा समूहले यात्रीहरूको अभिनन्दन गर्दै यात्राअघि बढेको थियो । भैरवकुण्डबाट लिस्तीमाई हुँदै द लास्ट रिर्सोटमा पुगेर यात्रा सम्पन्न भएको थियो । नेपालकै प्रख्यात धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल भैरवकुण्डको प्रवद्र्धन गर्न र भोटेकोशीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउन तीन दिने साइकल यात्रा गरिएको हो । यात्रामा बि नाइन साइकल ग्रुपको सहभागिता रहेको थियो ।

पर्यटन विकासको लागि यस प्रकारको साइकल यात्राले सिन्धुपाल्चोक जिल्लामा रहेका पर्यटकीय स्थलहरूको प्रचार–प्रसारमा टेवा पुग्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य वेदबहादुर श्रेष्ठले बताए । जिल्लाको पर्यटन विकासको लागि यस प्रकारको आयोजना गर्नु सह्रानीय भएको उल्लेख गर्दै श्रेष्ठले आगामी दिनमा पनि सिन्धुपाल्चोक जिल्लाको विकासको लागि यस प्रकारका कार्यक्रम आयोजना गर्ने बताए । विश्व साइकल यात्री पुष्कर शाहले साइकलको माध्यमबाटै नेपाललाई विश्वमा चिनाएको स्मरण गर्दै श्रेष्ठले साइकल यात्राकै माध्यमबाट जिल्लाको पर्यटन विकास गर्न सकिने उल्लेख गरे ।

प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने सुन्दर पर्यटकीय गन्तव्य हो । समुन्द्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । त्यसले गर्दा यहाँको चहलपहल बढेको छ ।

भोटेकोशी गाउँपालिकाभित्र पर्ने भैरवकुण्डसहितका चर्चित गन्तव्यको पूर्वाधार विकास र प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धन गर्ने भोटेकोशी गाउँपालिकाको नीति रहेको छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया