फोहोरलाई मोहोरमा परिणत गर्दै महाकुलुङवासी !
सोलुखुम्बु । सोलुखुम्बुको निकै विकट गाउँका रुपमा चिनिने महाकुलुङका बासिन्दाले काम नलाग्ने फोहोर वस्तुलाई मोहोरको रुपमा प्रयोग गर्न थालेका छन् । गाउँमा सडक सञ्जाल पुगेसँगै यहाँका बासिन्दाले कवाडी सामानहरुको बिक्रीबाट आर्थिक लाभ त लिएका छन् नै, जसले गर्दा वातावरण सरसफाइमा समेत टेवा पुगेको छ ।
केही समयअघिसम्म त्यतिकै फालिने फलाम तथा सिलबरका टुक्रा, कागज, प्लास्टिकजस्ता कवाडीका समानहरु वातावरण सरसफाइमा समेत चुनौती बनिरहेको थियो । तर पछिल्लो समय त्यही कवाडीका सामग्री आम्दानीको स्रोत बन्न थालेको स्थानीय मनुहाङ किराँती बताउँछन् । उनले भने, ‘पहिला त त्यस्ता सामानहरु यतिकै जथाभावी फाल्थ्यौँ, तर हामीलाई त अहिले पो थाहा भयो, कवाडीका समान त पैसाको स्रोत पो रहेछ, यसको बिक्रीबाट त यहाँ धेरैले आम्दानी रहेका छन् ।’ जिल्ला सदरमुकाम सल्लेरीबाट सिधा सडक सञ्जाल पुगेसँगै कवाडीका सामान खरिदका लागि भारतीय मूलका नागरिकहरु महाकुलुङ पुग्न थालेका छन् । उनीहरुले गाउँमा किलोका हिसाबले खरिद गर्ने कागजसहित फलामका टुक्राहरु तथा आल्मुनियमका काम नलाग्ने सामग्रीहरु गाडीमार्फत कारखानाहरुमा लैजाने गरेका छन् । जसका कारण काम नलाग्ने सामानहरु अहिले खोजी खोजी बिक्री गर्ने क्रम बढेको महाकुलुङ गाउँपालिका ४ की रुपा कुलुङ बताउँछिन् ।
गाउँघरमा काम नलाग्ने वस्तुहरु सदुपयोग गर्न सकिन्छ भन्ने कल्पना समेत नगरेका यहाँका बासिन्दाका लागि कवाडी बिक्रीबाटै आम्दानी हुनु सकरात्मक पक्ष हो । तर यसलाई थप व्यवस्थित गर्न करको दायरामा ल्याउने गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङले बताए । ‘यो हरेक हिसाबबाट राम्रो पक्ष हो, स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएअनुसार यसलाई थप व्यवस्थित गर्न हामी कानुनी दायरामा ल्याउँछौ’ँ, अध्यक्ष कुलुङले भने । काम नलाग्ने वस्तुहरुको सदुपयोगले एकातर्फ वातावरण सरसफाइमा सहयोग पुगेको छ भने अर्कोतर्फ स्थानीयले फोहोरबाटै मोहोर समेत कमाइरहेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया