Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अर्याल पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अर्याल पक्राउ


काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका सहायक प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद दाहालका अनुसार मोरङ विराटनगर महानगरपालिका–१५ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–११ बस्ने ३५ वर्षीय आवास भन्ने आभाश अर्याललाई आइतबार पक्राउ गरिएको हो ।

उच्च अदालत पाटनको २०७९ माघ ६ गतेको फैसलाले बैंकिङ कसुरमा चार दिन कैद र ११ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका अर्याललाई काठमाडौंको बागबजारबाट पक्राउ प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए । अर्यालले नबिल बैंक लिमिटेड काठमाडौं सिनामंगल शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी २०७७ चैत ११ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

पक्राउ परेका अर्याललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौं पठाइएको नायब उपरीक्षक दाहालले जानकारी दिए ।


क्याटेगोरी : बिबिध, सुरक्षा अपराध
ट्याग : #page 2

तपाईको प्रतिक्रिया