Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराध१७ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

१७ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले ६० वरर्षीय चन्द्रबहादुर तामाङलाई २०६३ साल कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत भोजपुरबाट २०८० भदौ महिनामा प्रतिवादी तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदीपराज पाठकले खोजी गर्ने क्रममा २०८१ वैशाख ११ गते पक्राउ गर्न सफल भएको जानकारी दिए । पक्राउ परेका तामाङलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया