Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधएसईई स्थगितपछि बिचल्ली विद्यार्थीलाई घर जान निःशुल्क बस सेवा

एसईई स्थगितपछि बिचल्ली विद्यार्थीलाई घर जान निःशुल्क बस सेवा


सुबास बस्नेत
दोलखा, चैत ७
बिहीबारबाट सञ्चालन गर्ने तयारी भएको माध्यमिक विद्यालय परीक्षा (एसईई) स्थगित भएपछि बिचल्ली भएका गौरीशंकर गाउँपालिकाभरका विद्यार्थीहरुलाई गाउँपालिकाले घरघरमा पु-याइदिएको छ । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमबाट बच्न पूर्वसतर्कताका लागि सरकारले बिहीबारबाट सञ्चालन हुन लागेको एसईई परीक्षा स्थगित गरेको थियो । परीक्षा स्थगितपछि बिचल्लीमा परेका गाउँपालिकाको नौवटा वडाका १ सय २९ जना विद्यार्थीहरुलाई गाउँपालिकाले घरघरमा पु-याइदिएको हो ।

परीक्षा केन्द्र पुगिसकेको अवस्थामा परीक्षा स्थगित भएका कारण विद्यार्थीलाई घर फर्किन समस्या भएपछि गाउँपालिकाले सवारी साधनको व्यवस्था गरेको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले जानकारी दिए । गाउँपालिकाले आठवटा बोलेरो जिप र एउटा बसको व्यवस्था गरी १ सय २९ जना विद्यार्थीहरुलाई घरघरमा पु-याउने व्यवस्था मिलाएको अध्यक्ष खड्काले जानकारी दिए । सार्वजनिक यातायातको व्यवस्था नभएको कारण विद्यार्थीहरुलाई घर जाने व्यवस्था मिलाउनको लागि करिब ८० हजार खर्च भएको अध्यक्ष खड्काले जानकारी दिए ।

गौरीशंकर गाउँपालिकाभरका ५ ओटा विद्यालयहरुको एसईई केन्द्र हलेश्वर मावि सुरीमा परेको थियो । सुरीबाट झ्याँकु, जँगु, चंखु, मार्बु र खारेका विद्यार्थीहरुलाई जीप र बसको व्यवस्था गरी घरघरमा पठाइएको गौरीशंकर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप खड्काले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया