Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोना भाइरसका कारण बेलायतमा एक पूर्वगोरखा सैनिकको मृत्यु

कोरोना भाइरसका कारण बेलायतमा एक पूर्वगोरखा सैनिकको मृत्यु


काठमाडौं, चैत ९
बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एक नेपालको मृत्यु भएको छ । विश्व महामारी बनेको कोरोनाभाइरस (कोभिड १९) को गत ४ गते मृत्यु भएको खुलेको हो । मर्नेमा ६६ वर्षीय लीलाबहादुर राई रहेका छन् । गत मंगलबार लन्डनको नर्थविक पार्क अस्पतालमा उनको मृत्यु भएको सोही स्थान बस्दै आएका नेपालीहरुले जनाएका छन् । उनी नेपालको संखुवासभा खाँदबारी नगरपालिका १० का स्थायी बासिन्दा भए पनि लन्डनको साउथ ह्यारोमा बस्दै आएका थिए । मंगलबार मृत्यु भए पनि यसको कारणबारे परिवारले शुक्रबार मात्रै थाहा पाएका थिए । विनेपाली अनलाइनका अनुसार उनले गोरखा सेकेन्ड राइफल्समा १७ वर्ष सेवा गरेका थिए । सन् २००८ मा उनी सपरिवार लन्डन पुगेका थिए । कोरोनाको संक्रमण अहिले विश्वव्यापी बनेको छ भने मर्नेको संख्या हजारौँ पुगेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया