Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिएमालेले उपनिर्वाचनमा तोक्यो उम्मेदवार

एमालेले उपनिर्वाचनमा तोक्यो उम्मेदवार


काठमाडौँ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार बसेको सचिवालय बैठकले नेकपा (एमाले)ले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । सुहाङ नेम्बाङ सोही क्षेत्रका एमाले नेता सुवास नेम्बाङका कान्छा छोरा हुन् ।

यसैगरी एमालेले बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यी दुवै क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको छ । यस्तै आइतबारको बैठकपछि उपमहासचिव ज्ञवालीले नयाँ राजनीतिक सहकार्य भएपछि मुलुकमा केहीमात्रामा आशाको सञ्चार भएको प्रतिक्रिया दिएका छन् ।

उपमहासचिव ज्ञवालीले नेता महरले पार्टी निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेकाले पार्टीको विधानअनुसार उनलाई पुनःकेन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरिएको बताए ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया