Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशघनश्याम खतिवडा नेकपा कोशी प्रदेश अध्यक्षमा निर्वाचित

घनश्याम खतिवडा नेकपा कोशी प्रदेश अध्यक्षमा निर्वाचित


मोरङ । नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्षपदमा घनश्याम खतिवडा पाँच सय १२ मत प्राप्त गरी निर्वाचित भएका छन् । मंगलबार बिहान सार्वजनिक गरिएको मतपरिणामअनुसार उनका प्रतिस्पर्धी एमाले नेता विनोद ढकालले चार सय ३० मत प्राप्त गरेका थिए ।

यस्तै सचिवमा राजकुमार भण्डारी र उपसचिवद्वयमा जलवर्षा राजवंशी र देवान राई निर्वाचित भएका छन् । यसअघि नै उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका थिए । अन्य सदस्यको मतगणना जारी रहेको निर्वाचन कमिटीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया