Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारडा. अङ्कुर साह मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त

डा. अङ्कुर साह मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त


गोदार (धनुषा) । डा. अङ्कुर साह मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका छन् । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसमा बिहीबार डा. साहलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

स्वास्थ्यमन्त्री सिंहले गत फागुन २१ गते डा. साहको नाम पहिलो नम्बरमा सिफारिस गरेका थिए । प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका डा. साह प्रतिष्ठानका निमित्त उपकुलपति थिए । गत जेठ २५ गते प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएपछि सो पद रिक्त थियो । रिक्त पदमा नियुक्तिका लागि गत असोज १८ गते दरखास्त आह्वान गरिएको थियो । उपकुलपतिका लागि १५ जनाले आवेदन दिएका थिए ।


क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश

तपाईको प्रतिक्रिया