Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशआगलागीबाट एक करोडको क्षति

आगलागीबाट एक करोडको क्षति


टक्सार (भोजपुर) । भोजपुर नगरपालिका–१२, टक्सारको मालबाँसेमा आगलागीबाट एक कारोड तीन लाख बराबरको क्षति भएको छ । शनिबार दिउँसो वनमा लागेको डढेलो बस्तीमा आइपुग्दा स्थानीयवासीका सात घर र १० गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईका अनुसार आगलागीबाट स्थानीय कमल कार्कीको दुई तले घर, नरबहादुर कार्कीको दुई तले घर र गोठ, पदम कार्कीको दुई तले घर र एक गोठ, विशाल कार्कीको दुई तले घर र गोठ, गजेन्द्र कार्कीको दुई तले घर र गोठ तथा मीना श्रेष्ठ र कृष्ण बस्नेतको घर जलेर नष्ट भएको छ ।

यस्तै आगलागीबाट अन्य केही स्थानीयको पनि गोठ जलेर नष्ट भएको सूचना अधिकारी राईले जानकारी दिए । राससका अनुसार नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया