Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबैतेश्वर गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम

बैतेश्वर गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म सम्पादन गरेका समग्र विकास निर्माण र सेवा प्रवाहका सम्बन्धमा बुधबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाभित्रका विभिन्न शाखाले चालू वर्षको सात महिनाभित्र सम्पन्न गरेका योजना तथा सेवा र बजेटको बारेमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । पालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु, प्रविधि र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरूमा प्रस्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुझावहरूलाई ग्रहण गर्दै अगाडि बढ्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पालिकाले जनाएको छ । सर्वसाधारणप्रति सेवा प्रदायक निकायबाट भए/गरेका क्रियाकलाप, उपभोक्ता समिति गठन प्रक्रिया, योजना सञ्चालन, पारदर्शिताको स्थानीय तहमा सार्वजनिक सुनुवाइ कार्यविधिबमोजिम जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको बैतेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवाली जानकारी दिए ।

उक्त कार्यक्रममा नागरिकले उठाएका प्रश्नको जवाफ पालिका अध्यक्ष छबि लामा, उपाध्यक्ष कल्पना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवाली तथा वडाध्यक्षहरूले दिएका थिए । कार्यक्रममा विशेषगरी पालिकावासीहरूले बाटोघाटो, विद्युत्, खानेपानी, भवन निर्माण, कृषि अनुदान वितरण, सडक निर्माणलगायतका विषयमा आफ्ना जिज्ञासा तथा सुझाव राखेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, शिक्षक, बुद्धिजीवी, स्थानीय सर्वसाधारणलगायतको सहभागिता रहेको थियोे । यसैबीच बैतेश्वर गाउँपालिकाले बुधबार नै पालिकाको १२औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न गरेको छ । सभामापालिका उपाध्यक्ष कल्पना उप्रेतीले करिब साढे चार करोडबराबरको संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया