Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशमाथिल्लो सगरमाथाका जिल्लाबाट गाई गोरु तस्करी बढ्यो

माथिल्लो सगरमाथाका जिल्लाबाट गाई गोरु तस्करी बढ्यो


सोलुखुम्बु । माथिल्लो सगरमाथाका तीन जिल्लाबाट गाईगोरु अवैधरूपमा निकासी हुने क्रम मौलाएको छ । सोलुखुम्बु, ओखलढुंगा र खोटाङबाट अवैधरूपमा उदयपुरको पहाडी इलाका हुँदै तराई तथा भारत लैजाने क्रम मौलाएको हो ।

गौहत्यालाई नेपालको कानुनुले वर्जित गरेको भए पनि जिल्लाबाट पछिल्लो समयमा अत्यधिकरूपमा पशुचौपाय बाहिर तस्करी भइरहेको सर्वसाधरणले बताएका छन् । गाउँघरबाट संकलन भएको गाईगोरु जिल्लाको नेचासल्यान गाउँपालिकाको झाँजरे नाकाँ हुदै ओखलढुंगाको चिंखुगढी, खोटाङको रावाबेँसी हुँदै उदयपुरको बेल्टारतर्फ लैजाने गरेको पाइएको छ । कृषकले घरमा पालेको गाईगोरु काटमारका लागि दिउँसै लगिरहेको भए पनि स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले चासो नदिएको सरोकारवालाहरूको गुनासो छ । एक गाईगोरु संकलनकर्ता (खेदुवा)ले भने, ‘जिल्लाको विभिन्न स्थानमा गाईगोरु संकलनका लागि मान्छे खटाइन्छ अनि संकलन गरेर त्यो टोलीले नेचास्थित झाँजरे सम्म ल्याउँछन् । त्यसपछि सम्पर्कमा आएका खोटाङ र ओखलढुंगाबाट खटिएका पशुचौपायका खेदुवाले उदयपुर तथा भारतसम्म नै लैजान्छन् ।’ उक्त गाईगोरुहरू देशकै विभिन्न स्थान तथा भारतमा लगेर बध गरिने गरेको पशु संकलनकर्ता स्वयम् बताउँछन् ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले यी विषय नियन्त्रण गर्न पहल गर्ने बताएका छन् । प्रजिअ भट्टराईले भने, ‘यस्ता विषयहरूलाई प्रशासनले गम्भीररूपमा लिन्छ, आफू आवश्यक अनुसन्धानपछि परिणाम आउने गरी काम गर्छौँ ।’ नेपालको कानुनले देशको राष्ट्रिय जनवार गाईलाई काटमार गर्न वर्जित गरेको छ । तर राष्ट्रिय जनवारलाई लुकिछिपी तस्कार गर्ने क्रम मौलाउँदै गएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया