जग्गा वर्गीकरण गर्ने जिल्लाकै पहिलो स्थानीय तह लिखुपिके
सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका भू–उपयोग वर्गीकरण गर्ने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ । आठ स्थानीय तह रहेको जिल्लामा लिखुपिके गाउँपालिकाले जग्गा वर्गीकरणको काम सकेर मालपोत र नापी कार्यालयमा फायल पेस गरेको हो ।
१८ हजार तीन सय ५५ दशमलव ९३ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त पालिकाले करिब डेढ महिनाको प्रयासमा विभिन्न १० वर्गमा जग्गाको वर्गीकरण गरेको गाउँपालिका अध्यक्ष मिना बस्नेत कार्कीले बताइन् । उनका अनुसार पालिकाले कृषि, बस्ती, खानी, जंगल, औद्योगिक, व्यवसाय लगातको वर्गमा जग्गा वर्गीकरण गरिएको हो । जिल्लामै लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट तथा अंशबण्डाकोे काम लिखुपिकेमा फुकुवा भएको मालपोत कार्यालय सोलुखुम्बुका मालपोत अधिकृत युवराज भुजेलले बताए । यद्यपि वर्गीकरणमा अझै केही प्राविधिक त्रुटिहरु भने भेटिएकाले थप अध्ययन भइरहेको नापी अधिकृत इन्जिनियर महेश थापाको भनाइ छ ।
यस्तै थुलुङ दुधकोशी गाउँपालिकाले जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पु-याएको जनाएको छ । खुम्बु पासाङ ल्हामु, माप्यदुधकोशी, सोलुदुधकुण्डले पनि वर्गीकरणको प्रक्रिया थालनी गरेको बताएको छन् । नेपाल सरकारले ल्याएको भू–उपयोग नीतिअनुसार स्थानीय तहहरुले आफ्नो पालिका क्षेत्रको जग्गा वर्गीकरणको कार्य पूरा गर्न नसक्दा लामो समयदेखि जग्गा कित्ताकाट तथा अंशबण्डाको कामहरु प्रभावित भइरहेको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया