Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारचरीकोट अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम

चरीकोट अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम


दोलखा । जिल्लाको भिमेश्वर नगरपालिकास्थित सदरमुकाम चरीकोटमा रहेको पशुपति चौलागाईँ स्मृति प्रादेशिक अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन भएको छ । मुख्यमन्त्री जनता स्वास्थ कार्यक्रमअन्तर्गत तीस वर्षमाथिका व्यक्तिहरुमा रहेको नसर्ने रोगको पहिचान गरी परामर्श र उपचारसम्बन्धी कार्य निःशुल्करुपमा गरिने अस्पताल प्रमुख ज्ञानेश्वर श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार अस्पतालको नियमित स्वास्थ्य उपचारलाई बाधा नपर्ने गरी आइतबारदेखि शुक्रबार बिहान ९ बजेखि ११ बजेसम्म उक्त कार्यक्रम सञ्चालन गरिने कार्यतालिका बनाइएको छ । उक्त कार्यतालिकाअनुसार दैनिक १५ जनाको पूरै स्वास्थ्य परीक्षण हुनेगरेको छ । अहिलेसम्म एक सय पाँच जनाको परीक्षण तथा उपचार भइसकेको अस्पतालले जनाएको छ ।

उक्त कार्यक्रमका लागि अस्पतालमा छ सय ८१ जनाको कोटा रहेको छ । परीक्षणबाट देखिएका मुटुसम्बन्धीका रोगीलाई ७५ हजार, क्यान्सरका लागि दुई लाख, पक्षघातका लागि दुई लाखबराबरको औषधि सेवनका लागि र पाठेघरसम्बन्धी रोगका निःशुल्क उपचार गरिने यो कार्यक्रमको लक्ष्य रहेको छ । कोटा नसकिएसम्म कार्यक्रम जारी रहने अस्पताल प्रमुख श्रेष्ठले बताए । चौलागाईं स्मृति अस्पतालमा पछिल्लो समय बिरामीको संख्या भने घट्दै गएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया